back
CTIZAN AD

युरोपका कोर टीम एनआरएन अभियन्ताहरुहरुको बिगत र आगत

वि.सं.२०७४ असोज २४ मंगलवार

846 

shares

dilliram-ammai

एकजना अभियन्ताका अनुसार गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन किन ? तिनीहरु त्यसको उपादेयता सुद्ध गर्न सकेका छैनन् । त्यो प्रश्नले उनीहरु तर्सन्छन, डराउछन र भाग्छन ।

प्रचार–प्रसारको भित्रि चलखेललाई हेर्दा एनआरएनएलाई अब ‘हे नारन के ?’ भन्ने अवस्था आउन लागेको छ । उनीहरु अहिलेको अधिवेशनमा आ–आफ्नो अदृष्य प्यानल नै बनाएर चुनाबमा लागेका छन् । प्यानल भनेर देखाएका छैनन् तर एउटाले आन्तरिक रुपमा जातिय नारा सहित जनजाति बाहुल्य प्यानल बनाएको देखिन्छ भने अर्को बाहुन ग्रुपले संसारभरीका बहुमत बाहुन कांग्रेस र ढुलमुले बटुलेर भित्रभित्रै दोश्रो ग्रुप बनाएको छ । त्यो ग्रुपको राजनैतिक एजेन्डा एनआरएनएमा राजनैतिक गतिबिधि गर्न छुट दिने र शेष घलेको कार्यकालमा अमेरिकन क्षेत्रीय सम्मेलनमार्फत भित्रिएको ‘भिजन ट्वान्टी–ट्वान्टी एन्ड बियोन्ड’लाई फेल गराउने रहेको छ ।

उनीहरुमा अहिले एक प्रकारको खटपट शुरु भैसकेको छ । त्यो मामलामा एनआरएनए युरोपका उमेद्वारहरु झन् बेचैन हुन पुगेका छन् । उनीहरुको बेचैनी ग्रुपको भन्दा पनी आफ्नो हार जितसँग सम्बन्धित हो । कारण उनीहरुले बाहिर देख्दा एनआरएनएको युरोप च्यानल बनाएका छन् तर भित्र उनीहरुको व्यापारिक र मानब–ओसार पसारको गज्जबको च्यानल छ । त्यो सवालमा उनीहरु मिल्छन । राजनीतिको उनीहरुलाई प्रवाह छैन, बाहिर एउटा निर्णय गर्छन, त्यो लागु हुने कुरै हुदैन तर भित्र अर्को निर्णय हुन्छ । त्यो मज्जाले लागु हुन्छ । उनीहरुका बाहिरी र भित्रि दुवैतर्फ बार्षिक क्यालेन्डरहरु झुण्डिएका हुन्छन् । एउटा देखाउने अनि अर्को गर्ने ।

उनीहरुले ब्यापार समृद्धिको लागि एकाध बिकाउ पत्रकार पनि राख्छन । हाट हूट पनि गर्छन । तर भित्रि क्यालेन्डरको कुनैकुरा भन्ने पर्दैन सरासर गर्छन । केको सम्मेलन, केको मेला, केको अधिवेशन, केको कार्यक्रम नेपाली पाहुनाहरु बोलाउन र कार्यक्रमको भव्यता बढाउन उनीहरु कहिले चुके र अब चुक्लान् । ब्यापार, खास ब्यापार , थोरै लगानीमा धेरै नाफा हुने ब्यापार १ सत्धर्म र आरोप भाडमा जाउ ।

एकजना अभियन्ताका अनुसार गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन किन ? तिनीहरु त्यसको उपादेयता सुद्ध गर्न सकेका छैनन् । त्यो प्रश्नले उनीहरु तर्सन्छन, डराउछन र भाग्छन । उनीहरुको ब्यापारको गांठि कुरो त्यहि रहस्यभित्र छुपेको छ । अहिलेको पदको मरिहत्य त्यहि अदृश्य ब्यापारको लागि हो । नेपाली समाजको भलाइ गर्छन यिनले ? चाहिएमा यिनका एकएक उपक्रमको फाइल छ हामीसँग । त्यहि खेतिको लागि अहिले एनआरएनए युरोप क्षेत्रमा लुछाचुडी चलेको हो ।

त्यो ब्यापारले नै यताका अभियन्ताको अर्को व्यापारको प्रगतिमा टेवा पु¥याई रहेकोमा यहा पदको हानथाप छ । एउटै पदमा तीन जना एउटै पदको लागि मरिहत्ते गरेका छन् । दाम्लो चुडालेका छन् । त्यहा गुमाउनु पर्ने भएको भए ति पछि सर्थे, हच्किन्थे । त्यहा इमान्दार र नया दावेदारलाई आफ्नो मानब ब्यापारको च्यानल खल्बलिने भएकोले पर्न दिदैनन् । त्यहाँ इमान्दार र नयाँ प्रवेशी अनुहारहरु पनि छन् । अहिलेसम्मको तथ्यलाई हेर्दा उनीहरु खट्ने र एनआरएनएको गरिमालाई उचो राख्नु पर्छ भन्ने मध्येका पात्र हुन् । तर इमान्दार मतदाताहरुले बिबेक नपु¥याउने हो भने बिबादास्पद छबि बनाएका कुपात्रहरुले उनीहरुलाई के जित्न देलान, गाह्रो छ । त्यसको लागि एउटा शर्त छ उनीहरुका शर्तहरु स्वीकार गर्नु र भाष्माशुर भएर नेपाल र यहाको च्यानलमा रयाई ठ्याई मिलाउनु ! बस अनि चुनाब जित्न सजिलो हुन्छ ।

सत्य कुरा केहीलाई अमिलो लाग्ला माफी चाहन्छु ।

वि.सं.२०७४ असोज २४ मंगलवार ०८:५८ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...