back

धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै कांग्रेसको उजुरी

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

144 

shares
NTC AD
Global IME AD

congresh-flag१५ मंसिर, बागलुङ । नेपाली काँग्रेस बागलुङले जिल्लाका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै उजुरी दर्ता गरेको छ ।

चुनाव सकिएको चार दिनपछि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो । नेपाली काँग्रेसले वामगठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वामगठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं १ को प्रदेश ९१० का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश ९२० का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराउनुभएको हो ।

उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथ कब्जा’ भएको उजुरीमा दाबी गर्नुभएको छ । वामगठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकोले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ । काँग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटी रुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनुभयो ।

उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको उहाँको भनाइ छ । मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली काँग्रेस भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धामा छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वामगठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा १ मा नेपाली काँग्रेसबाट दीपेन्द्र थापा र वामगठबन्धनबाट एमालेका इन्द्रलाल सापकोटा चुनावी मैदानमा हुनहुन्छ । प्रदेशसभा २ मा काँग्रेसका प्रकाश शर्मा पौडेल र वामगठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चा कृष्ण थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यही मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणना कार्य शुरु हुने जनाइएको छ । गत आइतबार भएको पहिलोचरणको चुनावमा बागलुङमा ६५ प्रतिशत मत खसेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा राखिएका मतपेटिकालाई कडा सुरक्षा घेरामा राखिएको छ ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ११:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...