back
CTIZAN AD

धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै कांग्रेसको उजुरी

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

789 

shares

congresh-flag१५ मंसिर, बागलुङ । नेपाली काँग्रेस बागलुङले जिल्लाका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै उजुरी दर्ता गरेको छ ।

चुनाव सकिएको चार दिनपछि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो । नेपाली काँग्रेसले वामगठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वामगठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं १ को प्रदेश ९१० का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश ९२० का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराउनुभएको हो ।

उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथ कब्जा’ भएको उजुरीमा दाबी गर्नुभएको छ । वामगठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकोले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ । काँग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटी रुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनुभयो ।

उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको उहाँको भनाइ छ । मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली काँग्रेस भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धामा छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वामगठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा १ मा नेपाली काँग्रेसबाट दीपेन्द्र थापा र वामगठबन्धनबाट एमालेका इन्द्रलाल सापकोटा चुनावी मैदानमा हुनहुन्छ । प्रदेशसभा २ मा काँग्रेसका प्रकाश शर्मा पौडेल र वामगठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चा कृष्ण थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यही मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणना कार्य शुरु हुने जनाइएको छ । गत आइतबार भएको पहिलोचरणको चुनावमा बागलुङमा ६५ प्रतिशत मत खसेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा राखिएका मतपेटिकालाई कडा सुरक्षा घेरामा राखिएको छ ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ११:५२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...