back
CTIZAN AD

रुकुम पश्चिमका दुई मतदानस्थलमा पुनःमतदान

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

711 

shares

election-field१४ मंसिर, रुकुम  (रासस) : यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ ।

मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो । नेपाल राष्ट्रिय मावि गत्तसैनाको मतदान केन्द्रमा ७५६ मतदाता रहेकामा ३२१ मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट– ५ को मतदान केन्द्रमा ६७२ मतदाता रहेकामा ३९७ मत खसेको यहाँका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । फेरि तेजाबलगायत आक्रमण हुन सक्ने जनाउँदै प्रहरीले कडा सुरक्षा दिएको थियो ।
मतदान गर्न जाने मतदातालाई समेत जाँचपछि मात्र मतदानस्थलमा प्रवेश गराइएको मतदान अधिकृतले जनाएका छन् । बाँफीकोटको मतदान केन्द्रमा प्रतिनिधिसभाका लागि र आठबीसकोट नगरपालिकामा समानुपातिकका लागि पुनःमतदान भएको हो ।
–––

वि.सं.२०७४ मंसिर १५ शुक्रवार १३:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...