back
CTIZAN AD

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

वि.सं.२०७४ पुस ३ सोमवार

924 

shares

nepal

३ पुस, दुनै, डोल्पा । एक सातादेखि नेपालगञ्जमा हिउँदे मौसम शुरु भएस“गै बाक्लो हुस्सु लाग्न शुरु गरेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान अनियमित भएका छन् ।

नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्जदेखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

एकसाताअघिसम्म तारा, सम्मिट, मकालुलगायतका सबै एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए, आजभोलि एयरलाइन्सहरुले उडान घटाएका छन् नागरिक उड्डयन प्राधिकरण जुफाल विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुफाल विमानस्थलमा बिहानको समयमा मात्र उडान हुने र दिउँसो हावा बढ्ने भएकाले उडान नहुने भएकाले नेपालगञ्जमा बिहानको समयमा मौसममा खराबी आइदिनाले सबै एयरलाइन्सले भर्ने उडान घटेको हो ।”

नेपालगञ्जको मौसममा सुधार भएपछि मात्र दिनमा एकदेखि दुईवटा मात्र उडान हुने र कहिलेकाहीँ एउटा पनि उडान नहुने उहाँले जानकारी दिनुभयो ।

हिउँदे मौसम शुरु भएदेखि अन्त्य नहुन्जेलसम्म पश्चिमका उडान अनियमित भइरहने भएकाले पुसदेखि फागुन महिनासम्मको तीन महिनाको अवधिमा विभिन्न गन्तव्यमा पुग्न हवाई यात्रा गर्नुपर्ने यात्रुलाई सास्ती हुने गरेको उहाँले बताउनुभयो ।

आजभोलि कहिलेकाहीँ मात्र उडान हुने भएकाले जुफाल विमानस्थलमा दिन प्रतिदिन यात्रुको चाप बढ्दै गएको उहाँले बताउनुभयो ।

डोल्पा, जुम्ला, हुम्लालगायतका जिल्लामा हिमपातसँगै चिसो बढ्ने भएकाले यतिखेर कर्णालीका सबै विमानस्थलमा जाडो छल्न तराई झर्ने सर्वसाधारणको चाप बढ्ने गर्छ ।

उडान अनियमित भएपछि बिरामी, विद्यार्थी मर्कामा परेका छन् भने कतिपय सर्वसाधारण हप्ताँै जहाज कुरेर पनि हवाई टिकट पाउने सम्भावना कम देखेपछि जोखिम मोल्दै पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न बाध्य भएका छन् ।

वि.सं.२०७४ पुस ३ सोमवार ०८:३८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...