back
CTIZAN AD

चिया बगानको स्वरुप दिँदै पाल्पाको पर्यटकीय काउलेडाँडा

वि.सं.२०७४ पुस १७ सोमवार

903 

shares

kaule

१७ पुस, रामपुर, पाल्पा । आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ ।

आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँदै गएको छ ।

पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुवासको काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर अम्रिसो लगाउन थालेपछि यसले विकासको मुहार फेरेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा घुम्न आउने, अवलोकन भ्रमण तथा प्रेमी प्रेमिका रमाउन आउनेको जमात बढ्दो छ ।

प्रयोगविहीन अवस्थामा रहेको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीका कारण अहिले यो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्दा यहाँका स्थानीयवासी खुशी छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक काउलेडाँडा वनको अवलोकन गर्दै इलामको चिया बगानको अनुभूति गरेर फर्कने गरेको पाइन्छ ।

रामपुर नगरपालिकाबाट सवारी साधनमा झण्डै दुई घण्टा लगाएर काउलेडाँडा पुगेर अम्रिसो खेती, त्यहाँको स्वच्छ हावापानी, उत्तरतर्फ पाल्पाको रामपुर, स्याङ्जाको चापाकोट उपत्यका, कलकल बग्दै गरेको कालीगण्डकी, हिमालका दृश्यसँगै रमाउँदै तस्वीर खिच्नेको निकै चहलपहल हुने गर्छ ।

पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुँदै जाँदा काउलेडाँडा अवलोकनसँगै वनभोज जानेको पनि उत्तिकै आकर्षण छ । वन क्षेत्रमा खुला सिमानाका कारण यहाँ अहिलेसम्म कति आन्तरिक तथा बाह्य पर्यटक भित्रिए भन्ने यकिन विवरण भने छैन ।

अहिलेसम्म देशका पूर्वी भेगदेखि पश्चिमसम्मका ५६ जिल्लाबाट काउलेडाँडा अवलोकनका निम्ति आइसकेको काउलेडाँडा कृषि सहकारी संस्थाका अध्यक्ष एवं निस्दी– ३ का वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनुभयो । यस क्षेत्रको मगर संस्कृतिको संरक्षण गर्दै काउले वनसँगै समग्र झिरुवासलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाने उहाँको भनाइ छ ।

kaule dada1

यहाँ लगाइएको अम्रिसो खेतीबाट यस क्षेत्रका स्थानीयको जीवनस्तर उकासिँदै गएको काउलेडाँडा कबुलियती वनका अध्यक्ष दमन सिं पाटाले बताउनुभयो । कबुलियती वनमा साविक झिरुवास गाविस वडा नं ४, ६, ७, ८ र ९ का २२७ घर परिवार आबद्ध उपभोक्तामध्ये १९ वटा उपसमूह विभाजन भएर अम्रिसो खेती गरिँदै आएको कार्यालय सचिव वीरबहादुर पाटाले बताउनुभयो ।

एफएओको आर्थिक सहयोग, जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानीयको सक्रियतामा काउलेडाँडामा विसं २०६७ जेठ २ गतेदेखि अम्रिसोका बिरुवा रोपण शुरु गरिएको थियो । दुई सय ४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वन क्षेत्रमा हाल पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।

पशु विकास कार्यक्रमअन्तर्गत बाख्रापालन, पाडोपालन र बंगुरपालनबाट स्थानीयले राम्रो आम्दानी गरिरहेका छन् । झिरुवासको काउले वनमा शुरु गरिएको अम्रिसो खेती अहिले मित्याल, सहलकोटमा पनि विस्तार भएको छ ।

वि.सं.२०७४ पुस १७ सोमवार ०४:३९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...