back
CTIZAN AD

अदुवाको मूल्य घटदा किसान समस्यामा

वि.सं.२०७४ पुस ३० आइतवार

960 

shares

३० पुस, धनकुटा  ।   प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् ।

आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई बताउनुहुन्छ । वन्यजन्तुले नखाने बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका उहाँको भनाइ छ ।

तीन वर्षयता लगातार मूल्य कमीका कारण किसान बढी प्रभावित भएपछि निराशा बढेको उल्लेख गर्दै मूल्य कमीका कारण व्यापारीले प्रतिकिलो रु २० मा पनि अदुवा लान नमानेपछि निराशा बढेको कृषक राइको गुनासो छ । पहिला चामल किनेर खान पुग्थ्यो, अहिले त नून, तेल टार्न पनि गाह्रो पर्न थाल्यो धनकुटा नगरपालिका–९ का दामोदर सुवेदीको दुखेसो पोख्नुहुन्छ ।

गतवर्ष भारतीय बजारमा प्रतिकेजी रु १०० भन्दा बढी पुगेको अदुवाबाट अहिले परिश्रमको मूल्य नै उठ्न गाह्रो परेको छ । अदुवाको मूल्य कमीका कारण परम्परागतरुपमा वर्षौंदेखि अदुवा रोप्दै आएका उक्त क्षेत्रका सयौँ किसानमा निराशा बढेको साँगुरीगढी गाउँपालिका–७ डाँडाटोलका नारायण राई बताउनुहुन्छ ।

बजारको पहुँच राम्रो देखेर शिक्षण पेशा नै छाडेर अदुवाखेतीबाट वार्षिक रु १५ लाख कमाउने चौबीसे गाउँपालिका बूढीमोरङका ठाकुरमान लिम्बू अदुवा बिक्री नभएपछि आफूहरूमा निराशा छाएको उल्लेख गर्नुहुन्छ ।
दश रोपनी जमिनमा लगाएको अदुवाले प्रतिकिलो रु ९० सम्ममा बेच्दा वार्षिक रु छ लाख कमाइ गर्दै आउनुभएका लिम्बू मूल्य कमी मात्र होइन बिक्री नै हुन छाडेपछि यसवर्ष दुई रोपनी जमिनमा मात्र अदुवा खेती खुम्चिएको बताउनुहुन्छ ।

मूल्य कमीका कारण कुनै बेला अदुवाको पकेट क्षेत्रका रुपमा रहेको उहाँका करिब ३०० घरधुरी प्रभावित भएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “अदुवाले भाउ फेरि आउला कि भनेर बीउ जोगाएर बसेका छौँ ।”

भारतले अदुवाको गुणस्तर परीक्षणमा एकद्वार प्रणाली लागू गरेपछि पहिलाको जस्तो अदुवा भारत निकासी गर्न सहज नभएको र व्यापारीले अदुवा नै लैजान छोडेपछि साँगुरीगढी गाउँपालिका क्षेत्रका किसानले अहिले वैकल्पिक खेती गर्ने सोच बनाइरहेको अर्का कृषक रमेश राई बताउनुहुन्छ । भारतीय बजारमा मात्र निर्भर हुनुपरेको र पछिल्लो समयमा भारतले अदुवा लान नमान्दा नेपालका अदुवा व्यापारसँगै किसान बढी प्रभावित भएको उहाँको भनाइ छ ।

गतवर्ष २५० हेक्टरमा भएको अदुवाखेतीबाट तीन हजार ६९७ मेट्रिक टन उत्पादन भएकामा रु १४ करोड ४८ लाख बराबरको तीन हजार ५१२ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा छ । गतवर्ष अदुवा प्रतिकिलो रु ९० देखि १५० सम्म मूल्य थियो । मूल्य कमीसँगै अदुवाको उत्पादन र निकासी प्रभावित भएको जिल्ला कृषि कार्यालयका प्राविधिक सूर्यप्रसाद सापकोटा बताउनुहुन्छ ।

मूल्यमा कमी आए पनि उत्पादन बढी भएकाले उत्पादन भएको चार हजार ६६ मेट्रिक टनमध्ये रु १४ करोड ६३ लाख ६० हजार बराबरको तीन हजार ६५९ मेट्रिक टन अदुवा निकासी भएको थियो । मूल्य वृद्धि नभएपछि यसवर्ष जिल्लामा अदुवा खेती खुम्चिएर २३५ हेक्टरमा मात्र सीमित भएको कार्यालय स्रोतको भनाइ छ ।

प्रमुख बालीका रुपमा रहेको अदुवा खेतीमा आधारित उद्योग सञ्चालन गर्न सकिने सम्भावना पहिल्याउन सरकारसँग माग गरे पनि सुनुवाइ नभएको सम्बद्ध किसानको भनाइ छ । विभिन्न कृषि उत्पादनले कृषि क्षेत्रबाट देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा समेत विशेष योगदान पु¥याउने हुँदा अदुवा खेती र यसको व्यापार विस्तारका लागि सरोकारवालाको ध्यान जान जरुरी रहेको कृषि विज्ञको जोड छ ।

वि.सं.२०७४ पुस ३० आइतवार ०७:४८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...