back
CTIZAN AD

सोलार प्रविधिले खोलाको पानी गाउँमा

वि.सं.२०७४ पुस ३० आइतवार

786 

shares

 

३० पुस, गुल्मी ।   खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पु¥याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ ।

गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् ।

नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी र छत्रकोट गाउँपालिका– ३ हर्दिनेटाको नरम गाउँका १६३ बढी घर परिवारलाई घरघरमै पानी पुगेको हो । रिन्युएबल वर्डको आर्थिक एवं आइडिइ र सप्रोस नेपालको प्राविधिक सहयोग एवं नवप्रभात युवा संघको सामाजिक परिचालनमा गाउँमै खानेपानी पु¥याइएको हो । गाउँमा पुगेको खानेपानीलाई स्थानीयले मिटर प्रविधि जडान गरेर घरघरमै धारा निर्माण गरी वितरण गरेका छन् ।

नजिक मुहान नभएकै कारण गाउँलेलाई घरघरमै मिटर जडान गरेर खानेपानीको सुविधा लिने र सिँचाइ गरेर तरकारीसमेत उत्पादन गर्ने कल्पनासम्म नभएको वीरबासको जिमीकी माया रेश्मीले बताउनुभयो । “यसरी घरघरमै पानीको धारा आउला भन्ने त हामीलाई कुनै कल्पना पनि थिएन”, उहाँले भन्नुभयो, “अहिले घरमै पानी आएपछि घरको सरसफाइदेखि स्कुल जाने केटाकेटीलाई समेत निकै सजिलो भएको छ ।” यसअघि गाउँलेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नुपर्ने बाध्यता हटेको रेश्मीले बताउनुभयो ।

वीरबासको बाहुन खोलाको पानी सोलार प्रविधिबाट ६१ मिटर उचाइमा दैनिक १० हजार लिटर पम्पिङमार्पmत जिमी गाउँका १४ घरधुरीमा र १६ हजार लिटर पानी जिमीकै ७१ घरधुरीमा सामुदायिक धारामार्पmत वितरण गरिएको छ । त्यस्तै छत्रकोटको हर्दिनेटामा पनि चनौटी खोलाको पानी २०७ मिटर उचाइमा दैनिक ३० हजार ५३० लिटर पानी पम्पिङ ७८ घरधुरी र एक विद्यालयमा एक घर एक धारा प्रणालीमा ७८ घरधुरीमा वितरण गरिएको रिन्युएबल वर्डका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले बताउनुभयो ।

योजना व्यवस्थापनका लागि उपभोक्ता आफैँले समिति गठन गरेर योजना मर्मतका लागि प्रतिघर रु एक हजार र पानी खपत गरेका आधारमा थप रकम संकलन गर्ने गरी संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । गाउँमा पानी पु¥याउन स्थानीय वडा, गाउँपालिका, परियोजना, स्थानीय जनश्रमदानसहित दुवै योजनामा झण्डै रु ९२ लाख खर्च भएको स्थानीय नवप्रभात युवा संघले जनाएको छ ।

वि.सं.२०७४ पुस ३० आइतवार ०८:१५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...