back
CTIZAN AD

भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

वि.सं.२०७४ चैत १ बिहीवार

741 

shares

१ चैत, भक्तपुर । भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले आज क्लिनिकको उद्घाटन गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्नै अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउँदै यो अवस्थामा यहाँका बासिन्दालाई लक्षित गरी निःशुल्क क्लिनिक सञ्चालन गर्नु उपलब्धिमूलक हुने बताए ।

सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले औद्योगिक क्षेत्रका कामदार र भक्तपुरका विपन्न परिवारका लागि निःशुल्क क्लिनिकले सहयोग पु¥याउने बताए ।

कार्यक्रममा डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने क्लिनिकमा इवामुरा अस्पतालको प्राविधिक सहयोग रहने बताउँदै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिने बताए ।

स्वास्थ्य समस्या लिएर घरमै बस्ने तर अस्पताल नजाने धेरै विपन्न परिवार भक्तपुरमा रहेको गुनासो आएपछि टोलमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले क्लिनिक शुरु गरिएको उनको भनाइ थियो । आवश्यकता र बिरामीको चाप बढेमा क्लिनिक सञ्चालनको समयलाई बढाउँदै लैजाने बताउँदै शनिबार भने क्लिनिक बन्द हुने बताए ।

क्लिनिकमा आज २०० जनाले स्वास्थ्य परीक्षण गर्नाका साथै निःशुल्क औषधि वितरण गरिएको छ । दाँत, नशा, हाडजोर्नी, स्त्री रोगलगायतका परीक्षण गरिएको थियो ।

महिलामा बढ्दो पाठेघरको समस्या

त्यसैगरी डा इवामुरा मेमोरियल अस्पतालले चाँगुनारायण नगरपालिका–९ ताथली स्वास्थ्य चौकीमा सञ्चालन गरेको निःशुल्क पाठेघर परीक्षणमा अधिकांश महिलाको पाठेघरमा समस्या रहेको पाइएको छ ।

अस्पतालले बुधबार आयोजना गरेको परीक्षणमा ९२ जना महिलाको पाठेघरको परीक्षण गर्दा चार महिलाको पाठेघर खस्ने समस्या रहेको, अधिकांश महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र महिनावारी नियमित नहँुदा प्रसूति समस्या बढेको पाइएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।

वि.सं.२०७४ चैत १ बिहीवार १३:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...