back
CTIZAN AD

घण्टौ पालो कुरेर खानेपानी

वि.सं.२०७४ चैत १ बिहीवार

849 

shares

१ फागुन, बागलुङ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् ।

फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताइन् । “हिउँदमा गाउँका अधिकांश धारा सुक्छन्” उनले भनिन् “एक÷दुईवटा धारा चल्ने हुँदा खानेपानीको जोहो गर्नै गाह्रो छ ।”

तीन सय घरधुरी रहेको खुङ्खानीमा एकमात्र मुनाखोला खानेपानी आयोजना चालु छ । हिउँदमा आयोजनाको मुहान सुक्ने हुँदा गाउँमा खानेपानीको अभाव हँुदै आएको हो । वर्षायाममा भने खानेपानीको समस्या हट्ने वडा सदस्यसमेत रहेकी परियारको भनाइ छ । स्थानीय मायाकुमारी पुनले भनिन् “बिहानै धारामा लाम लाग्छ, बेलामा पालो नपाउँदा गृहिणीले खानेपानी समस्याबाट बढी दुःख झेल्नुपरेको छ ।”

कतिपयले आफू नभए पनि धारामा गाग्रीको पालो लाउने गरेका छन् । एक घर, एक धारा हुनुपर्नेमा खुङ्खानीवासीको अवस्था भने ठीक उल्टो छ । वडाध्यक्ष हीराबहादुर विकले नयाँ आयोजना नबनेसम्म समस्या रहिरहने बताए । उनका अनुसार आयोजना बनाउन मुहानको खाँचो भने छैन । हिउँदमा पनि नियमित चल्ने मुहानबाट नयाँ आयोजना बनाउन सकिने छ ।

यसअघि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कुनाखोरे मुहानबाट आयोजनाको सर्भेक्षण गरे पनि काम अघि बढ्न सकेको छैन । आयोजना बनाउने कुरा आश्वासनमा सीमित भएको वडाध्यक्ष विकको भनाइ छ । स्थानीय सरकारका रुपमा गाउँपालिका बनेपछि खानेपानी समस्याबाट मुक्ति पाउने आशामा गाउँले छन् ।

गाउँपालिकाले यो वर्ष खानेपानी आयोजना मर्मतका लागि थोरै बजेटमात्र छुट्याएको छ । आउँदो वर्ष नयाँ आयोजना निर्माणका लागि बजेट व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

“प्राविधिक अध्ययनको काम शुरु भएको छ, आगामी वर्ष नयाँ आयोजना बन्छ”, अध्यक्ष बुढाले भने । खुङ्खानी मात्र नभएर गाउँपालिकाका अन्य वडामा पनि खानेपानीको समस्या रहेको उनको भनाइ छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान पनि खानेपानीको समस्याबाट गुज्रिरहेको छ ।

वि.सं.२०७४ चैत १ बिहीवार १४:०१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...