
अष्ट्रियामा रहेका नेपाली महिलाहरुले १०८ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् ।
अष्ट्रियाको राजधानी भियनामा १० मार्चका दिन एनआरएनए महिला फोरम अष्ट्रियाले आयोजना गरेको कार्यक्रममा १०८ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाइएको हो ।
एनआरएनए अष्ट्रियाकी महिला संयोजक श्रीमती भवानी तिवारीको सभापतित्व, नेपाली राजदूत महामहिम प्रकाश कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए अष्ट्रियाका अध्यक्ष जीवन जंग कुँवरको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य शिव सापकोटा, निवर्तमान अध्यक्ष धर्म राज खतिवडा, संस्थापक अध्यक्ष श्रीमती शुभ राणा, महामहिम धर्मपत्नी शुसान सुवेदी, आनाका अध्यक्ष हरि राणा, नेसास अध्यक्ष डभिन लामा, उपाध्यक्ष श्रीमती मन्जु खड्का, आदिवासी जनजाति महासंघ अष्ट्रियाकी उपाध्यक्ष श्रीमती अनिता भुजेल , फेयर प्ले टिम १२ प्रतिनिधि निकोल यान्स , स्पोर्ट क्लव अध्यक्ष मानफ्रेड आनरेइत्तर, एनसीसी अष्ट्रिया मानार्थ सदस्य शुश्री निलम सिन्चुरी, क्षेत्रीय समन्वय परिषद साल्जबर्गको प्रतिनिधि बन्टी कँडेल र सुनायना बिष्टको आतिथ्यता रहेको थियो ।

सभापति, प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रुपमा पानसमा दियो वालेर विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रमको संचालन श्रीमती प्राश्ना निरौलाले गरेकी थिइन् । भव्यरुपमा नेपाली महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए अष्ट्रियाकी संस्थापक अध्यक्ष श्रीमती शुभ राना लगायत अन्य संघ संस्थाका प्रतिनिधि महिलाहरुले महिला जागरणका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।
एनआरएनए एनसीसी अष्ट्रियाको तर्फबाट महिला उपाध्यक्ष श्रीमती निरा लामिछानेले स्वागत मन्तव्य तथा सचिव श्रीमती निता शर्माद्धारा उपस्थित समुदायलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्य ब्यस्तताका बावजुत अष्ट्रियाभरिबाट आई महिला फोरम अष्ट्रियाको पहिलो प्रयास सफल पार्न सहयोग गर्ने सम्पुर्णमा संघका तर्फबाट महिला संयोजक तथा सभापति तिवारीले धन्यवाद दिंदै एनआरएनए महिला फोरमको आवश्यकता र महत्व धेरै भएको बताउँदै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गरेकी थिइन् ।
अष्ट्रियामा बसोबास गर्ने नेपाली महिलाहरुको तर्फबाट प्रस्तुत आकर्षक नेपाली गीत,नृत्य, कविता वाचन, आदि यस कार्यक्रमका प्रमुख आकर्षण थिए । संस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सबै कलाकारहरुलाइ प्रमुख अतिथि र सभापतिको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो । करिव ३ घण्टाको उक्त कार्यक्रममा नेपाली परिकारको खाना पनि व्यवस्था गरिएको थियो ।
वि.सं.२०७४ चैत ७ बुधवार ०८:५७ मा प्रकाशित





























