
जबरजस्त !
लादिएको एउटा अन्याय
रोइरहेको त्यो कुलागाड्ग्री
खोसिएको माटोसँग
हराइरहेछ आफूभित्रबाटै देश
अनि त्यही पीडाभित्र
टिलपिलाई रहेछ एउटा आस
सङ्गठित बन्दै गरेको एउटा प्रतिशोध
ती गोरेटा
अनि ती लालिमायुक्त गुराँश
उहिल्यै पोखिएका हुन् तीनका डालिमा
सहिदका आँशु, रगत र सपना
र त फुलेका हुन राता मान्छे बनेर
मुक्तिको क्रान्तिसँगै
व्यार्थ हुँदैन कहिल्यै शहादत्त
अजम्बरी हुन्छ सहिदको सपना
जब जल्दछ युवाको छाति छातिमा
क्रान्ति र प्रतिशोधको आगो
तब उठ्छन् झुपडीहरू पनि
बिद्रोहको भेल बोकेर
चीर निन्द्रा बाटै
त्यो शासक त्यही हाम्रो आदिम भूमिमा
तिम्रो हाम्रो रगत र पसिना चुसी
मातिरहेको छ आदिकालदेखि
मातेकै सुरमा
शासन गरिरहेछ हाम्रै सोझोपनमाथि
बरबराइरहेछ अझै उसको आताङ्क
हिटलर बनेर
सुनिन्छ अचेल
मैच्याङ, फूलमती र डोल्माको कानेखुसी
वीरे, धने र जड्गेको एउटा भीष्म प्रतिज्ञा
अनि तिनै छातिभित्र
निरन्तर जलिरहेको प्रतिशोधको ज्वाला
सहिदका ती असंख्या चित्कारहरू
अवश्य एक दिन फुट्ने छन्
प्रतिशोधको ज्वाला बनेर
र बजारिने छन् कुनै दिन
तानशाहाको शिरमाथि
त्यो दिन
अनामत्त शासकहरू पनि
खरानी बन्ने छन्
इति
वरिष्ठ साहित्यसेवी तथा वरिष्ठ पत्रकार गंगाराम लामिटारे भूटानी साहित्यका अभिभावक हुनुहुन्छ ।
वि.सं.२०७४ चैत ७ बुधवार ०८:५८ मा प्रकाशित





























