back
CTIZAN AD

आयरल्याण्डमा आयोजित सेन्ट प्याट्रिक दिवस अवसरमा नेपालको पर्यटन प्रवद्र्धन

वि.सं.२०७४ चैत ७ बुधवार

1.1K 

shares

ireland2

आयरल्याण्ड । गैरआवासीय नेपालीहरु बिश्वको जुन कुनामा रहेपनी नेपालको पर्यटकीय सुन्दरता, आफ्नो कला संस्कृति र समग्रमा आफ्नो देश नेपाललाई कहिल्यै भुल्न सक्दैनन् र नेपालको प्रबर्धन एवं विकासको लागी अधिकांश नेपालीहरु कुनै न कुनै तरहले लागी परेका हुन्छन ।
आयरल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्था एवं नेपाली समुदायका अग्रज, महिला, व्यवसायी विध्यार्थीहरुले आयरल्याण्डका बिभिन्न शहरहरुमा मार्च १७ का दिन आयोजीत ‘सेन्ट प्याट्रिक दिवस’ का अवसरमा नेपाली समुदायका तर्फबाट आफ्नो उपस्थिति जनाएको छ ।
साथै उक्त परेडमा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ पर्यटन प्रवर्धनका सामग्री सहित नेपालको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार कोर्क शहरमा गैरआवासीय नेपाली संघ आयरल्याण्डका संस्थापक एवं पूर्व अध्यक्ष तथा बर्तमान संंरक्षक शुक्रराज न्यौपानेको नेतृत्वमा कोर्क नेपाली समाजका अध्यक्ष टेक नारायण पौडेल, उपाध्यक्ष विजय सहनी, कोषाध्यक्ष बसन्त आले, सचिब सीमा सुवेदी, सहकोषाध्यक्ष कमल अधिकारी, एनआरएनए कोर्कका संयोजक श्रीकृष्ण भण्डारी, धन बहादुर खत्री, दुर्गा प्रसाद सुबेदी, कृष्ण खत्री समाजका युवा संयोजक कृष्ण जी सी लगायत समाजका पदाधिकारी र सदस्यहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

ireland3

त्यस्तै डब्लिनको ब्र्ये शहरमा गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नबराज कोइरालाको नेतृत्वमा महासचिब उज्योल होम्बा, सहकोषाध्यक्ष रबि बोगटी, अबिध्यपानी गौतम, याम उप्रेती लगायत एनआरएनए सदस्यहरुको उपस्थिति रहेको थियो भने लीमेरीक शहरमा लीमेरीक्क समाजका अध्यक्ष प्रेम घलेको नेतृत्वमा समाजका पदाधिकारी, सदस्य लगायत गैरआवासीय नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ireland1
निकट भविष्यमा नै आयरल्याण्डमा रहेका विभिन्न समाजिक संघ–संस्थाहरु गैरआवासीय नेपाली संघ, कोर्क नेपाली समाज, लीमेरीक्क नेपाली समाजको एवं स्थानीय निकायको संयुक्त आयोजनामा आयरल्याण्डको कोर्क शहरमा नेपालको पर्यटन प्रबर्धन गर्न नेपाल उत्सव गर्न लागेको आयरल्याण्डका नेपाली समाजका अगुवा, गैरआवासीय नेपाली संघ आयरल्याण्डका संस्थापक एवं पूर्व अध्यक्ष शुक्रराज न्यौपानेले जानकारी दिए । नेपाललाइ अन्तर्राष्ट्रिय जगतमा परिचित गराई पर्यटक भित्र्याउन यस्ता कार्यक्रमको आवश्यकता रहेको न्यौपानेको भनाइ छ ।

वि.सं.२०७४ चैत ७ बुधवार ०९:१८ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...