
आँखाको ज्योतीबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले नेपाल नेत्र ज्योती संघ हङकङ शाखा गठन भएको छ ।
विशेष गरेर अति विपन्न र बिकटका नागरिकहरुको सहयोगका लागि कुनै पार्टी या जात विशेषको नभएर सबै क्षेत्रका नेपालीलाई समेटेर नितान्त सामाजिक कार्यका लागि भन्दै हङकङकमा पहिलो पटक यस्तो सामाजिक संस्था गठन गरिएको हो ।
१८ मार्चका दिन भएको नेपालीहरुको एक भेलाले लामो समय देखि हङकङमा बसोबास गर्दै आएको र सामाजिक कार्यमा सक्रिय भूमिका निभाईरहेका सामाजिक व्यक्तित्वहरु रहेको १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।
जसको अध्यक्षमा ईश्वर विक्रम शाह, उपाध्यक्ष दुर्गा घोताने, बिष्णु प्रसाद भुसाल, मन गुरुंग, पुरन खडका, महासचिबमा अधिराज राई, सचिबमा रत्न काफ्ले, कोषाध्यक्षमा सगुन राना, सहकोषाध्यक्षमा सबिता मल्ल र सदस्यहरु यम मल्ल, जगत गुरुंङ रहेका छन् ।
त्यस्तै समाजको बरिष्ठ सल्लाहकारमा देब गुरुङ र सल्लाहकारमा बिनय शाह, हेमराज थापा रहेका छन् ।
वि.सं.२०७४ चैत ७ बुधवार १०:०१ मा प्रकाशित





























