back
CTIZAN AD

ओमानमा कार्यरत मजदुरहरुको समस्याको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई पत्र

वि.सं.२०७४ चैत ७ बुधवार

750 

shares

gypanpatra

ओमान । ओमानमा रहेका नेपाली मजदुरहरुका समस्याहरुलाइ मध्येनजर गर्दै ओमनमा रहेका विभिन्न नेपाली संघ संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउने काम भएको छ ।
ओमान नेपाली एकता समाज, प्रवाशी मन्च ओमान, जनसम्पर्क समिती ओमान, महिला समुह ओमान, नेपाली समाज ओमान, बुद्ध भिजन ओमान, मगर संघ ओमान, तामाङ समाज र गुल्मी सेवा समाजद्रारा हस्ताक्षरित ज्ञापनपत्र १९ मार्चका का दिन नेपाली राजदूताबास मार्फत प्रधानमन्त्री कार्यालयलाई बुझाइएको छ ।
उक्त ज्ञापनपत्रमा भनिएको छ,
‘नेपाल सरकारले खाडीमा घरेलु कामदारको रुपमा कार्यरत महिला र पुरुषहरु बिदामा स्वदेश गएर पुन : फर्किदा उनीहरुलाई आवश्यक श्रम स्वीकृति दिन रोक लगाएको छ । नयाँ आउनेहरुको लागि कडाई गर्नु राम्रो भएतापनि बिदामा गएर फर्किनेहरुलाई रोक्नुलाई हामी गलत मान्दछौ । यो कदमले प्रवासमा श्रम गरि परिवार पाल्ने मजदुरहरुको रोजिरोटि नै बन्द भएको छ । खाडीमा श्रम गरी सन्तोषजनक जिविकोपार्जन गरिरहेका घरेलु कामदारका आश्रीत परिवार प्रभावित भएका छन् । जेनतेन बालबच्चाहरुको पढाई र खानपिन खर्च धानिरहेकाहरुलाई रोजगारबाट बन्चित गराउनु कदापि राम्रो कार्य हुन सक्दैन । तसर्थ यस बिषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै यो कदम तत्काल फिर्ता लिई बिदामा घर गएर फर्केर काम गर्न चाहने घरेलु कामदार महिला र पुरुषहरुको निम्ति सहज वातावरण तय गर्न सरकार समक्ष यो एक बुँदे ज्ञापनपत्र मार्फत जोडदार माग गरिएको छ ।’

वि.सं.२०७४ चैत ७ बुधवार १०:२२ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...