
बेल्जियममा गणतान्त्रिक नेपालका कमान्डर नेपाली राजनीतिका शिखर पुरुष, क्रान्तिनायक, नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८ औ पुण्य स्मृति दिवश मनाईएको छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा २० मार्चका दिन एक कार्यक्रमको आयोजना गरी स्वर्गीय कोईरालाको सम्झना गरिएको हो ।
नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षता, नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बेल्जियमस्थित बिभिन्न बैचारिक, सामाजिक एवं क्षेत्रिय र जातिय संगठनहरुको बाक्लो उपस्थिती देखिन्थ्यो ।
नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान सभापति शुभाष जोसी (सन्तोष) गैरआवासिय नेपाली संघ युरोप संयोजक शिव कुमार बरुवाल, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य सरस्वती चापागाई, गैरआवासिय नेपाली संघ बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी, प्रवासी नेपाली मंच बेल्जियमका महासचिव चन्द्र शर्मा, जनप्रगतीशिल मंच बेल्जियमका अध्यक्ष जीत लामा, जनप्रगतीशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, गैरआवासिय नेपाली संघ बेल्जियका पूर्वअध्यक्ष प्रेम गुरुङ, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष डिल्ली अम्माई लगायतले देश र देशवासीको लागी, प्रजातन्त्र र गणतन्त्र प्राप्ति एवं द्वन्दबाट ग्रसित मुलुकलाई शान्ति प्रकृयामा ल्याउन स्वर्गीय कोईरालाले खेलेको भुमिकाको बारे संसारभर नै एउटा नजिर बनेको बताए ।
सोहि अवसरमा व्यवसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट, चितवन सहायता कोष बेल्जियमका उपाध्यक्ष श्रीराम प्रसाई, नवलपरासी समाज बेल्जियमका महासचिव हरी सापकोटा, तमु समाज बेल्जियमकी उपाध्यक्ष दुर्गा गुरुङ, तमुधी बेल्जियमका अध्यक्ष नबिन गुरुङ, एनआरएनए क्षेत्रिय संयोजक गोपाल दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सभापति सीता सापकोटाले ‘स्व.कोइरालाले जसरी आफ्नो जीवनको अन्त्यकालसम्म पनी मुलुक र मुलुकवासीको हितको लागि , राष्ट्र र राष्ट्रीयताको लागी लागिरहे त्यसैगरी वर्तमान कांग्रेस नेतृत्व र आम कार्यकर्ताहरुले स्व. गिरिजाबाबुको त्यो त्याग, मुल्य मान्यताको आत्मसाथ गरे मात्रै स्व. कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताइन् ।
सापकोटाले भनिन् ‘ अब हामी नेपाली काग्रेसका सबै नेता तथा कार्यकर्ताहरु गाउँ गाउँ पसेर जनताको मन जित्ने काम गर्नुपर्ने तथा पार्टीलाई पुनर्जीवन दिनु पर्दछ । पार्टीमा पुनःजागरण ल्याउन जरुरी छ । अबको ५ बर्षमा देशको सबै भन्दा ूुलो पार्टी स्थापित गर्न जरुरी भएको’ छ । साथै उनले उपस्थित सबैमा धन्यवाद ब्यक्त गरेकी थिइन् ।
उक्त कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष देवु शर्मा (देवेन)ले संचालन गरेका थिए भने महिला उपाध्यक्ष माया शर्माले स्वागत मन्तब्य राखेकी थिइन् ।
वि.सं.२०७४ चैत ७ बुधवार १५:१३ मा प्रकाशित






























