back
CTIZAN AD

चर्चा परीचर्चामा ‘साहित्य संध्या’

वि.सं.२०७४ चैत ११ आइतवार

840 

shares

sahitya-sandhya

साहित्य संध्याको साहित्यिक यात्राले संसारभरी चर्चा बटुल्दै गएको छ । सुरुवाती दिनमा एक आध श्रष्टाका शृजनासँगै आफ्नो यात्रा तय गर्दै आएको ‘तपाईको शृजना मेरो आवाज’ मार्फत तमाम श्रष्टाहरूको माझ पुग्दै अमुल्य शृजनका साथ थुप्रै साहित्यिक मनहरुको मझेरीमा स्थान ओगट्न सफल हुँदै गएको छ ।

अग्रज श्रष्टाहरुको सम्मानका खातिर साथै समकालिन र अनुजका पथ प्रदर्शकका निमित्त दोस्रो कार्यक्रम “श्रष्टाको चिनारी”जुन महिनाको अन्तिम शनिवार गर्दै आएको छ । जसमा प्रथम श्रष्टाको रुपमा युवा कवि सुदेश सत्याल रहेका थिए । दोस्रो शृंखलाको बसाईमा भाषा विद डा. विदुर चालिसे रहेको र उनका कृति माथी बृहत छलफल पनि गरिएको थियो ।

कवि सिर्जन अविरलसँग जसमा दुई दशक साहित्यक लेखनको चर्चा र उनका कृतिसँगै डेढ दशक साहित्यको सेवाको छलफलर र गहन विचार बोकेर लेखिएका कवितामा र साहित्यका कुरामा साहित्य प्रेमीलाई मन्त्र मुग्ध बनाएका थिए ।

अबको श्रष्टाको रुपमा बुद्धि सुवेदी भारतको आसाममा रहेर निरन्तर नेपाली साहित्यमा कलम चलाई रहेका छन् । साहित्य संबन्धी आफ्ना धारणा लिएर चैत महिनाको २४ गते अर्थात अप्रील ७ का दिन नेपाली समय ८ बजे देखि ९ बजे सम्म आउदै गरेको जानकारी गराईएको छ । साहित्यक लेखनको चर्चा र उनका कृतिसँगै साहित्यको सेवाको छलफल हुने बताइएको छ ।

प्रविधीको विकाससँगै श्रष्टाको चाहनाअनुसार आफ्ना शृजना आफ्नै आवाजमा लेखाईको गहिराईमा पुगेर साहित्यानुरागी समक्ष पुर्याउने कार्यलाई “तपाईको शृजना तपाईको आवाज” मार्फत हरेक रात्रीकालिन ९ः३० देखि ११ सम्म यस सञ्चालन हुँदै आइरहेको छ ।
साहित्य संध्याको यस बसाईमा महान आख्यानकार कृष्ण धरावासी, साहित्यकार देवि नेपाल, राम प्रसाद ज्ञवाली, सिर्जन अविरल, गजलकार धनराज गिरि, कविवर गण्डकी पुत्र लगायतका श्रष्टाहरूसँग साहित्यका कुरा सँगै शृजनामा तमाम साहित्य प्रेमी रमाएका छन् ।
नेपाली साहित्यका धरोहर डा. ईन्द्र बहादुर राईको असमायीक निधन प्रति वृहत हार्दिक श्रद्धान्जली आयोजना गरि राईको योगदानको कदर गर्दै कृष्ण धरावासी, सिर्जन अविरल, डा. विदुर चालिसे, भक्ति प्रसाद पौड्यालबाट विशेष चर्चा गरिएको थियो । साथै प्रत्यक्ष प्रसारणमार्फत अन्य श्रष्टाबाट पनि श्रद्धान्जली प्रकट गरिएको थियो ।
यसरी दिन प्रति दिन विविध कार्यक्रम गरि साहित्य क्षेत्रमा साहित्य संध्याले चर्चा बटुल्दै आएको छ । साहित्य संध्या यति रोचक बन्दै गएको छ की जहाँ सर्जकका अमुल्य रचना वाचन हुदै आएको छ ।
हरेक राती ८–९ र सर्जक आफैले लेखेको शृजनालाई चाहना अनुसार बाचन गर्ने मौका दिलाउदै आएको बताइएको छ । साथै यस साहित्य संध्यालाई मन पराउनेको संख्या ओइरिएको पनि सञ्चालकले जनाएको छ ।
२०७३ बैशाख २० गतेबाट युरोपियनमुलुक डेनमार्ककको स्कन्दबोर्ग सहरबाट सुरु भएको ‘साहित्य संध्या’ अहिले संसारभरीका साहित्यानुरागीहरुबीच लोकप्रिय कार्यक्रम बन्दै गएको छ । यसको मुख्य उद्धेश्य समग्र नेपाली साहित्यको विकास र सर्जकका रचना तथा सर्जकलाई चिनाउनु रहेको बताइएको छ ।

वि.सं.२०७४ चैत ११ आइतवार १६:४८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...