
११ चैत, काठमाडौं । मष्तिस्क घात भएर न्युरो अस्पताल बासबारीमा उपचार गराइरहेका किसान रिजाललाई युएईबाट आर्थिक सहयोग गरिएको छ ।
पर्वत पैञ्युँ गाउँपालिका ४ का रिजाललाई युएईमा कार्यरत पर्वतवासीले १ लाख २३ हजार ९३५ रुपैयाँ सहयोग गरेका छन् ।



रिजालको उपचार खर्च महुँगो हुने र उक्त रकम परिवारले जुटाउन नसक्ने कुरा थाहा पाएपछि हामीले रिजालेको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हौं,’ पर्वत समाज युएईका प्रवक्ता राजु भुर्तेलले भने । भुर्तेलले रिजालको उपचारका लागि विदेशमा कार्यरत पर्वतवासीले सहयोग गर्न अपिल समेत गरेका छन् ।
उक्त रकम आइतबारै रिजालका भाइ केशव रिजाललाई पर्वत सेवा समाज युएईका उपाध्यक्ष राम प्रसाद लामिछानेले हस्तान्तरण गरेका छन् ।
वि.सं.२०७४ चैत ११ आइतवार १६:३६ मा प्रकाशित






























