back
CTIZAN AD

नयाँवर्षमा पोखरामा पर्यटक भरिभराउ

वि.सं.२०७५ वैशाख १ शनिवार

693 

shares

pokhara

वासुदेव पौडेल र हरि बाँस्तोला, १ बैशाख, पोखरा । ‘माछापुछ्रे फेवातालमा पौडी खेल्दोरेछ
पोखरा त साँचिको नै पोखरा पो रैछ’ (प्रेमप्रकाश मल्ल)  नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुछ्रे अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ ।
नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । “नयाँ वर्षका अवसरमा विशेष गरी आन्तरिक पर्यटक नै बढी आउने गरेका छन्”, लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्म पन्थीले भन्नुभयो, “नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल संघले आयोजना गरेको फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।”

यो विदेशी पर्यटक आउने मौसम पनि भएको बताउँदै पन्थीले नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा विद्यालयमा एउटा शैक्षिक वर्षको समाप्ति र अर्को वर्षको आगमनको बीच भएका कारण पनि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ भने । विगत १४ वर्ष सम्पन्न भइसकेको फेवा नव वर्ष महोत्सवको यस वर्ष १५ औँ शृङ्खला सञ्चालन भइरहेका कारण पनि पोखरामा नयाँ वर्ष मनाउन आउनेले यसको भरपुर मनोरञ्जन लिएका छन् ।

तालैतालको शहर पोखरामा पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएका पाँचतारे होटेल दुई र तीनतारे होटेल १४ र अन्य सुविधा सम्पन्न होटल ४०० भन्दाबढी छन् । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । उनका अनुसार सन् १९८० को दशकदेखि पोखराको पर्यटन फस्टाउँदै गएको छ । भूकम्पअघि पोखरामा वार्षिक छ लाख ५० हजार पर्यटक आउने गरेकामा भूकम्पका कारण अघिल्ला वर्ष उक्त संख्यामा कमी आए पनि तिनको आगमन पूर्ववत् अवस्थामा आउन लागेको छ ।

पोखरामा माछापुछ्रे हिमालको छाया देखिने फेवातालका साथै दृश्यावलोनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूपजस्ता ठाउँ छन् । पोखराका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका पर्यटकीय गन्तव्य हुन् ।
यी स्थलका अतिरिक्त लेखनाथ क्षेत्रमा वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरे पनि यहाँका महत्वपूर्ण स्थल हुन् ।

पर्यटकको बसाइ लम्ब्याउने गरी तयार गरिएका पूर्वाधार विकासको क्रम पनि पोखरामा बढिरहेको नेपाल एजेन्सिज अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो । उनका अनुसार नयाँ वर्षको आगमनसँगै पोखरा केही दिनयता चहलपहलमय भएको छ । “केही दिनयता पानी पर्नेलगायतका कारणबाट पर्यटकले केही असहज महसुस गरे पनि पानी पर्ने क्रम बढिरहेका कारण यहाँको वातावरण चिसो बनेको छ”, होटल पोखरा बाटिकाका सञ्चालकसमेत रहेका पोखरेलले भन्नुभयो, “नयाँ वर्षमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने आन्तरिक पर्यटकको सोच बढेका कारण पनि प्रत्येक नयाँ वर्षमा यो स्थल पर्यटकले खचिखचाउ बन्ने गरेको छ ।”

पोखराको पर्यटनको विकाससँगै आसपासका क्षेत्रमा घरबास पर्यटन पनि तीव्ररुपमा बढेको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए । “पोखरामा बढ्दै गएका पर्यटकीय गतिविधिका साथै नयाँ वर्ष पोखरामा मनाउन आउने पर्यटकका कारण यहाँका होटेल एक हप्ताअघिदेखि नै बुकिङ भएका छन्,” लेकसाइडस्थित राज होटेलका सञ्चालकसमेत रहनुभएका पौडेलले भने । पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरका साथै यहाँका विन्ध्यवासिनी, भद्रकालीजस्ता धार्मिकस्थलमा दर्शन गर्न आउने धार्मिक पर्यटकको संख्या पनि उत्तिकै बढ्ने गरेको छ ।
‘माझी दाइ पोखरा फेवातालको
लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’(मिलन लामा र विमाकुमारी दुरा)

वि.सं.२०७५ वैशाख १ शनिवार ०८:५५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...