back
CTIZAN AD

न्यौपानेलाई नेपाली विषयमा विद्यावारिधि

वि.सं.२०७४ चैत ३० शुक्रवार

825 

shares

bhuban neupane

३० चैत, काठमाडौँ । उपप्राध्यापक भुवन न्यौपानेले ‘बिपीका कथाको संकथनको विश्लेषण’ शीर्षकमा त्रिवि, मानविकी तथा सामाजिकशास्त्र डीन कार्यालयबाट विद्यावारिधि प्राप्त गरेका छन् ।

उनका कथामा प्रत्यक्षतः चरित्रको अन्तद्र्वन्द्वग्रस्त अवस्थालाई चित्रण गरिएको पाइए पनि परोक्ष रूपमा सामाजिक, आर्थिक, राजनैतिक नवक्षितिजको वा नवचेतनाको ढोका उघार्ने काम गरिएको र व्यक्ति स्वतन्त्रताका पक्षमा समर्थन जनाइएको न्यौपानेले उल्लेख गरेका छन् । यौन मनोविश्लेषणात्मक कथामा यौनको विषयलाई पनि मर्यादित बनाउन सक्नु कोइरालाको शब्दचयन र प्रयोगको खुबी भएको जनाइएको छ । विषयवस्तुका दृष्टिकोणबाट मात्र नभई शिल्पशैलीगत रणनीतिक पक्षका कोणबाट पनि परम्परागत कथा लेखनको एकरेखीयता तथा घटनाप्रधानतालाई भङ्ग गर्दै चरित्रको प्रधानतालाई कथालेखनको पद्धति बनाइएको न्यौपानेको निष्कर्ष छ ।

गुल्मी हर्दिनेटाबाट कीर्तिपुर आई त्रिवि, त्रिचन्द्र कलेजमा भाषाविज्ञान विषय अध्यापनरत ४२ वर्षीय न्यौपानेका निर्देशकमा प्रा डा व्रतराज आचार्य र सहनिर्देशकमा प्रा डा कृष्णहरि बराल रहेका थिए । सन् १९६६ मा पहिले सङ्कथन विषयमा रुसी र पछि फ्रान्सेलीले अध्ययन गरेका हुन् । उनका भाषाविज्ञानसम्बन्धी दुई पुस्तक र थुप्रै लेखरचना प्रकाशित छन् ।

वि.सं.२०७४ चैत ३० शुक्रवार १९:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...