back
CTIZAN AD

दुर्घटनामा शिक्षक खतिवडाको मृत्यु

वि.सं.२०७५ वैशाख ५ बुधवार

660 

shares

५ बैशाख, मलेखु, धादिङ । धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते भएका छन् । बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल सडकमा पल्टिँदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाइकल चालक ओझा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । घाइते ओझालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

मजदूरको मृत्यु

यसैगरी, दक्षिणी धादिङको धुनीबेँशी नगरपालिका–६ स्थित इँटाभट्टामा मंगलबार एक मजदूरको मृत्यु भएको छ ।

कालिका इँटा उद्योगमा काम गर्ने मजदूर बाँके जिल्ला निवासी ५५ वर्षीय मुन्ची चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।
इँटाभट्टामा सुतेको अवस्थामा मृत्यु भएको अवस्थामा फेला परेकाले अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

 

वि.सं.२०७५ वैशाख ५ बुधवार ०९:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...