५ बैशाख, सुरुङ्गा, झापा । सहकारीका माध्यमबाट महिला सशक्तीकरण र आर्थिक सवलीकरणका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलाई झापाको उत्कृष्ट नागरिकको रुपमा सम्मान गरिएको छ ।
वीरता जेसीजका पूर्व अध्यक्षहरुको संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको झापाका उत्कृष्ट नागरिकको सम्मानबाट यस वर्ष गिरी सम्मानित भएका हुन् । वर्ष उत्कृष्ट नागरिकका रुपमा सम्मानित गिरीलाई मंगलबार बिर्तामोडमा आयोजित एक समारोहका बीच वीरता जेसीजसहित १२५ विभिन्न सामाजिक संघ संस्थाले सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वीरता जेसीजका अध्यक्ष एकराज गिरीलगायतले सम्मानित गिरीलाई ढाका टोपी पहि¥याउँदै सम्मानपत्र प्रदान गरेका थिए ।
वीरता जेसीजले २०५२ सालदेखि झापालाई कार्यक्षेत्र बनाएर विभिन्न विधामा उत्कृष्ट काम गर्नेलाई वर्षेनि सम्मान गर्दै आएको छ । अघिल्लो वर्ष धुर्मुस सुन्तली फाउण्डेशनलाई नगद रु २२ लाखसहित सामूहिक सम्मान गरेको थियो ।
वि.सं.२०७५ वैशाख ५ बुधवार ०९:४३ मा प्रकाशित






























