
कतार नेपाली एकता समाजले १२९ औं अन्तराष्ट्रिय मजदूर दिवस भव्यताका साथ मनाएको छ ।
दोहाको एक होटलमा मिति ५ मईका दिन सम्पन्न मजदुर दिवसमा समाजका अध्यक्ष लुमा कान्त पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाजका केन्द्रीय महासचिव खिम बूढा मगरको सञ्चालन रहेको उक्त कार्यक्रमलाई विधिवतरुपमा अगाडि बढउने क्रममा हलमा उपस्थित विभिन्न एरिया, इकाई, र शुभ चिन्तकलाई पूर्व बुद्धिजीवी विभागका अध्यक्ष कमल आचार्यले स्वागत मन्तव्य राखेका थियो ।

त्यस्तै अतिथीहरुमा पूर्वउपाध्यक्ष, दावा लामा, पूर्वकार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, केन्द्रिय कोषाध्यक्ष धन बहादुर परियार, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष वलदेव राना मगर, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका अध्यक्ष हरि प्रसाद शर्मा, दोहा एरिया समितिका गिरी काउछा मगर, सनैया डि एरिया समितिका सचिव तेज नारायण शर्मा, सलता एरिया समितिका शालिकराम पुन, सहलिया एरिया समितिका लक्ष्मण कोईराला, साहानिया एरिया समितिका अध्यक्ष जनक मल्ल, लेवर सिटी एरिया समितिका अध्यक्ष रेशम रोकका मगर रहेका थिए ।

मन्तव्य राख्ने क्रममा बुद्धीजीवी विभागका अध्यक्षले आफ्ना भनाई राख्दै भने हामी कतार नेपाली एकता समाजमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई एकवद्ध भएर अगाडी बढनु पर्ने बताए ।
त्यस्तै गरी कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकन्त पुनले श्रमजीवी मजदूरहरुको वीरतापूर्ण वलिदानी संघर्षको ऐतिहासिक दिन मे १ लाई स्मरण गर्दै संसारका विभिन्न देशहरुमा १ मे का दिन १ सय उनन्तीस औं मे दिवस मनाउदै गर्दा श्रमजीवी मजदूरहरुको अभिभावक संगठन कतार नेपाली एकता समाजले पनि वृहत कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको वताए । उनले मई १ लाई लाई संसारभरका श्रमीकहरुले एक महान चाडका रुपमा मनाउदै आएका कुरा राख्दै सौहद्रपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।
वि.सं.२०७५ वैशाख २५ मंगलवार ११:१३ मा प्रकाशित






























