
नेपाली कराँते खेलमा एस्तर राईले नयाँ इतिहास रचेकी छन् । जापानको ओकिनावा शहरमा २०१८ मे ११ देखि १३ सम्म भएको १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा कास्यपदक जिती राईले नेपाली कराँते खेलमा नयाँ इतिहास रच्न सफल भएकी हुन् ।
यु २१ को ६१ केजी तौल समुहको पहिलो खेल श्रीलंका, दोर्स्रो खेल चाइनिज ताईपे र तेर्सो खेलमा पाकिस्थानका खेलाडीलाई ७–० अन्तरले पराजित गरि नेपालको लागि कास्य पदक जित्न सफल भएकी छिन ।
एशियन च्याम्पियनशिपको १७ औँ संस्करण सम्म आइपुग्दा पनि अहिलेसम्म नेपालले कुनै पनि पदक जित्न सकेको थिएन । युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप रहेकोले जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा देशको प्रतिनिधित्व गर्न सक्ने सम्भावना बनेको छ । राई श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन साफ कराते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता खेलाडी पनि हुन् ।
यसैबीच बालाजु कराते डो प्रतिष्ठान,नेपालले उज्वल भबिस्यको कामना साथ राईलाई हौसला स्वरुप सम्मान रु एक लाख नगद पुरस्कार प्रदान गरिने निर्णय गरेको छ ।
युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप रहेकोले जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा देशको प्रतिनिधित्व गर्न सक्ने सम्भावनाका साथ प्रतिष्ठानले राईलाई उक्त सम्मान दिएको हो ।
वि.सं.२०७५ वैशाख ३१ सोमवार ०८:४६ मा प्रकाशित






























