back

दशवर्ष पछि साझाको यात्रा उपत्यका बाहिर, आइतबारदेखि बाग्लुङ र गोरखा चल्ने

वि.सं.२०७३ असोज १३ बिहीवार

684 

shares
IME Limited
NTC AD

१३ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।

दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस सञ्चालन हुनेछन् ।

यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरुपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो ।

काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार ०४:०० मा प्रकाशित

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...