Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

व्यक्ति स्वरोजगार नभए राष्ट्र समृद्ध हुँदैन : महतो



upendra-mahato१३ असोज, पर्सा । गैर आवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष एवम् वरिष्ठ उद्योगपति डा उपेन्द्र महतोले प्रत्येक नेपाली स्वरोजगार नभएसम्म राष्ट्र समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

उहाँले मुलुकमा विद्यमान लामो राजनीतिक सङ्क्रमकालको अन्त्यका लागि जनता समृद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।

पतञ्जली योगपीठ, पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै डा महतोले राजनीतिक स्थिरतालाई समाप्त पार्दै मुलुकलाई समृद्ध बनाउन उद्योगपति, व्यापारी, राजनीतिक दल तथा नागरिक समाज सबैले आ–आप्mनो दायित्व निर्वाह गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा महतोले बाराको प्रसौनीमा स्थापना गरिएको पतञ्जली आयुर्वेद उद्योग प्रालिबाट भएको आम्दानी स्वास्थ्य, शिक्षा र कृषि विकासमा खर्च गरिने जानकारी दिँदै पतञ्जलीले अपनाएको पद्धतिलाई अन्य औद्योगिक घरानाले समेत अनुसरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्योगपति डा महतोले रु एक सय ५० करोडको लागतमा स्थापना गरिएको आयुर्वेद उद्योगको आगामी मङ्सिर ९ गते उद्घाटन हुने जानकारी दिनुभयो । उहाँले मङ्सिर ९ देखि १३ गतेसम्म वीरगन्जको आदर्शनगर रङ्गशालामा हुने निःशुल्क योगविज्ञान शिविरमा सहभागी हुन आउने क्रममा योगगुरु बाबा रामदेव, आर्युवेदज्ञाता आचार्य बालकृष्ण र राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।

नेपालमा पहिलोपटक पतञ्जलीले स्थापना गरेको उक्त उद्योगले हाल ५० प्रकारका आयुर्वेदिक वस्तु उत्पादन गर्दै आएको डा महतोले जानकारी दिनुभयो । उहाँले हाल रु ५० करोडको वार्षिक कारोबार हुँदै आएपनि आउने पाँच वर्षभित्र पाँच सय करोडको कारोबार हुने विश्वास रहेको दाबी गर्नुभयो । बारामा सञ्चालित उद्योगले सयकडौँ परिवारलाई रोजगारी दिनुका साथै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभयो ।

राजेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा योग शिविर व्यवस्थापन समितिका संयोजक तथा वरिष्ठ उद्योगपति विजय सरावगीले मङ्सिर ९ देखि १३ गतेसम्म हुने योग शिविरमा २५ हजार जनाका लागि मात्र स्थान भएकाले चाँडै रजिस्ट्रेसन गराउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । योगगुरु स्वामी रामदेव महाराजको आगमनले नेपालीको स्वास्थ्यमा मात्र नभई मुलुकको आर्थिक गतिविधिमा समेत ठूलो प्रभाव पार्ने विश्वास सरावगीले व्यक्त गर्नुभयो ।

पहिलोपटक वीरगन्जमा हुन लागेको योगविज्ञान शिविरको भारतीय आस्था च्यानलले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले