back
CTIZAN AD

प्रमबाट सार्कको प्रभावकारिताबारे सम्मेलन उद्घाटन

वि.सं.२०७३ असोज १३ बिहीवार

1.2K 

shares

१३ असोज,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी छलफलको आज यहाँ उद्घाटन गर्नुभयो ।

दुईदिने सो सम्मेलनमा सङ्गठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलङ्का, भुटान, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान र मालदिभ्सका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरुले भाग लिइरहनुभएको छ ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सो सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पाँच विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सन् २०१४ मा काठमाडौँमा भएको सार्कको अठारौँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी उन्नाइसौँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ । सम्मेलनका क्रममा पाँचजना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग सत्रको अध्यक्षता ग्रहण गर्नुहुनेछ ।

छलफलबाट निस्केका निष्कर्षलाई सार्कको आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार ०५:०७ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...