back

विभेदकारी कानुनको अन्त्य हुनुपर्नेमा जोड

वि.सं.२०७३ असोज १३ बिहीवार

723 

shares
GLOBAL IME AD
NTC AD

१३ असोज,काठमाडौँ। संविधान पूर्ण कार्यान्वयनका लागि राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व र सहभागिता संविधानअनुसार हुनुपर्नेमा जोड दिइएको छ ।

अन्तरपार्टी महिला सञ्जालद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा कानुनको भाषा नमिल्दा फरक अर्थ लाग्ने कारणले केही विभेदकारी कानुन कायम रहेकाले त्यसको अन्त्य गर्नुपर्ने सहभागीले सुझाएका हुन् ।

सञ्जालकी अध्यक्ष प्रतिभा राणाले मुलुकमा भएको परिवर्तनअनुसार सङ्घ, प्रदेश निर्माणको क्रममा रहेकाले महिला अधिकार स्थापित गर्न उनीहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कर्मचारी प्रशासन, सुरक्षा निकायका साथै राजनीतिक पार्टीमा महिलाको प्रतिनिधित्व सुरक्षित हुन नसकेको जानकारी गराउनुभयो । नेपाली काँग्रेसकी नेत्री मीना पाण्डेले संविधानले महिलाका धेरै विषयलाई संरक्षण गरेको बताउँदै संसद्मा रहेका केही विचाराधीन कानुनमध्ये विभेदकारी कानुनको अन्त्य गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य सावित्रा भुसालले संविधानमा महिला प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिएको भएपनि सो नियम कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)की सचिवालय सदस्य यशोदा सुवेदीले समान कामका लागि महिला तथा पुरुषलाई समान अवसर तथा सुविधा उपलब्ध गराउनुपर्ने, महिलालाई सुत्केरी हुँदा बढी जिम्मेवारी हुने हुँदा सेवा र सुविधा वृद्धि गर्नुपर्ने, शिशु स्याहार केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार ०५:०८ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...