back
CTIZAN AD

महासङ्घद्वारा ‘लाल एकेडेमी’को प्रस्ताव

वि.सं.२०७३ असोज १३ बिहीवार

1.2K 

shares

 १३ असोज,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासङ्घ नेपालले प्रगतिशील सांस्कृतिक स्रष्टाहरुलाई अध्ययन र चिन्तनका लागि ‘लाल एकेडेमी’ को प्रस्ताव अघि सारेको छ ।

विभिन्न सांस्कृतिक घटकको एकता अधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको बुधबार बसेको पहिलो बैठकले ‘लाल एकेडेमी’ निर्माणको कार्ययोजना पारित गरेको हो । महासङ्घका इन्चार्ज आहुति (विश्वभक्त दुलाल)को प्रस्तावमा सो निर्णय गरिएको हो ।

काठमाडौँ उपत्यकाभित्र १५ रोपनी जग्गामा बनाइने सो ‘लाल एकेडेमी’मा साहित्य, चलचित्र, मानवशास्त्र, चित्रकला आदि विधामा खोज, अध्ययन र सम्मेलन गर्ने लक्ष्य लिइएको महासङ्घका उपाध्यक्ष आरसी न्यौपानेले बताउनुभयो ।

महासङ्घले जनवादी सांस्कृतिक क्षेत्रका स्रष्टाका लागि आगामी कात्तिक ४, ५ र ६ गते चितवनमा प्रशिक्षणमूलक कार्यक्रम गर्ने पनि तय गरेको छ । विभिन्न ६२ जिल्ला शाखा र सात घटक रहेको महासङ्घको एकता सम्मेलनले सरल सहयात्रीको अध्यक्षतामा १७५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

महासङ्घको उपाध्यक्षमा न्यौपाने, झङ्कार बुढा, सीता शर्मा, महासचिव मनहरि तिमल्सिना, उपमहासचिवमा सङ्गीत स्रोता र केशव सिलवाल तथा कोषाध्यक्षमा प्रगति महरा चयन हुनुभएको छ । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार ०५:१० मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...