Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

महासङ्घद्वारा ‘लाल एकेडेमी’को प्रस्ताव



 १३ असोज,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासङ्घ नेपालले प्रगतिशील सांस्कृतिक स्रष्टाहरुलाई अध्ययन र चिन्तनका लागि ‘लाल एकेडेमी’ को प्रस्ताव अघि सारेको छ ।

विभिन्न सांस्कृतिक घटकको एकता अधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको बुधबार बसेको पहिलो बैठकले ‘लाल एकेडेमी’ निर्माणको कार्ययोजना पारित गरेको हो । महासङ्घका इन्चार्ज आहुति (विश्वभक्त दुलाल)को प्रस्तावमा सो निर्णय गरिएको हो ।

काठमाडौँ उपत्यकाभित्र १५ रोपनी जग्गामा बनाइने सो ‘लाल एकेडेमी’मा साहित्य, चलचित्र, मानवशास्त्र, चित्रकला आदि विधामा खोज, अध्ययन र सम्मेलन गर्ने लक्ष्य लिइएको महासङ्घका उपाध्यक्ष आरसी न्यौपानेले बताउनुभयो ।

महासङ्घले जनवादी सांस्कृतिक क्षेत्रका स्रष्टाका लागि आगामी कात्तिक ४, ५ र ६ गते चितवनमा प्रशिक्षणमूलक कार्यक्रम गर्ने पनि तय गरेको छ । विभिन्न ६२ जिल्ला शाखा र सात घटक रहेको महासङ्घको एकता सम्मेलनले सरल सहयात्रीको अध्यक्षतामा १७५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

महासङ्घको उपाध्यक्षमा न्यौपाने, झङ्कार बुढा, सीता शर्मा, महासचिव मनहरि तिमल्सिना, उपमहासचिवमा सङ्गीत स्रोता र केशव सिलवाल तथा कोषाध्यक्षमा प्रगति महरा चयन हुनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा