back
CTIZAN AD

बुद्ध र गान्धीको अुनसरणले मात्र देश विकास हुन्छ: सभापति देउवा

वि.सं.२०७३ असोज १६ आइतवार

1.1K 

shares

ser bahadur deuwa

१६ असोज,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताउनुभएको छ ।

तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ।”

पूर्व प्रधानमन्त्री देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति बनेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – स्वतन्त्रता, समानता र बान्धुत्व लोकतन्त्रको आधार हुन् । तीनै कुरालाई आत्मसात् गर्न सकिए मात्र मुलुकमा स्थायी शान्ति कायम हुन्छ ।

नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री दिनानाथ शर्माले मानव–मानवबीच रहेको भेदभाव नै हिंसा हो भन्नुभयो ।

भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले अहिंसात्मक आन्दोलनलाई अगाडि बढाएका कारण गान्धी भारतको मात्र नेता नभई विश्वकै नेता बन्नसकेको बताउनुभयो ।

एकेडेमीका प्राचार्य एवम् पूर्वराजदूत प्रा डा जयराज आचार्यले सन् १९०७ मा भएको राष्ट्रसङ्घ महासभाले सर्वसम्मत रुपमा अक्टोबर २ लाई विश्व अहिंसा दिवस मनाउने निर्णयअनुसार अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन थालिएको बताउनुभयो ।

एकेडेमीले सन् २००८ देखि नेपालमा अहिंसा दिवस मनाउँदै छ ।

‘गान्धीको असाधारण नेतृत्व’ सार्वजनिक

‘गान्धीको असाधारण नेतृत्व’ नामक पुस्तकको नेपाली संस्करणको आज सार्वजनिक गरिएको छ ।
भारतीय कुटनीतिज्ञ पास्कल एलेन नजारथले लेख्नुभएको उक्त पुस्तकमा सत्य र अहिंसावादी भारतीय नेता महात्मा गान्धीको असाधारण नेतृत्व, उहाँको सङ्घर्षशील जीवन र भोगाइलाई समेटिएको छ ।
भारतको सर्वोदय इन्टरनेसनल ट्रस्टले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद कर्णप्रखर धितालले र सम्पादन किशोर नेपालले गर्नुभएको छ । पुस्तकको मूल्य रु ४०० रहेको छ ।
गान्धी जयन्तीका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पुस्तकको लोकार्पण गर्दै परिवर्तनका लागि हिंसा र हतियार हैन सत्य र शान्तिपूर्ण बाटो नै उपयुक्त हुने गान्धीले दिनुभएको स्मरण गर्नुभयो ।
नेपालका लागि भारतका राजदूत रणजित रायले सत्य र अहिंसावादी आन्दोलनका प्रतिमूर्ति गान्धी भारतका लागि मात्र नभई विश्वकै उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो ।
पुस्तकका लेखक नजारथले गान्धी अहिंसा मात्र हैन सत्यका पनि पुजारी थिए भन्ने पक्षलाई पुस्तकले उजागर गर्न खोजेको बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १६ आइतवार १०:०४ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...