Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

तमलोपा र सद्भावनाबीच एकीकरण हुने



१६ असोज,काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ ।

ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताउनुभयो । सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रायले सो जानकारी दिँदै भन्नुभयो, “तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ । एकीकरणका लागि दुवै पार्टीका शीर्षनेताबीच गहन छलफल भइरहेको छ ।” उहाँले थप्नुभयो, “मधेसी मोर्चासँग सत्ता गठबन्धन काँग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।”

कार्यक्रममा सांसद केदारनन्दन चौधरी, समाजका अध्यक्ष विजयकुमार यादव र उपाध्यक्ष धीरेन्द्रकुमार यादव, बुद्धिजीवी किशोरी महतो, विनयकुमार कर्ण, रामबाबु दास र जयकिसन रायले शुभकामना मन्तव्य दिनुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा