back
CTIZAN AD

तमलोपा र सद्भावनाबीच एकीकरण हुने

वि.सं.२०७३ असोज १६ आइतवार

1K 

shares

१६ असोज,काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ ।

ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताउनुभयो । सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रायले सो जानकारी दिँदै भन्नुभयो, “तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ । एकीकरणका लागि दुवै पार्टीका शीर्षनेताबीच गहन छलफल भइरहेको छ ।” उहाँले थप्नुभयो, “मधेसी मोर्चासँग सत्ता गठबन्धन काँग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।”

कार्यक्रममा सांसद केदारनन्दन चौधरी, समाजका अध्यक्ष विजयकुमार यादव र उपाध्यक्ष धीरेन्द्रकुमार यादव, बुद्धिजीवी किशोरी महतो, विनयकुमार कर्ण, रामबाबु दास र जयकिसन रायले शुभकामना मन्तव्य दिनुभएको थियो । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०९:४६ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...