back
CTIZAN AD

टर्कीको सिमाना नजिकै सिरियाली भूमिमा भएको विष्फोटनमा परी ४० जनाको मृत्यु

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

दमास्कस (सिरिया) । टर्कीको सिमाना नजिकै अवस्थित सिरियाली भूमिमा बिहीबार भएको विष्फोटमा परी मृत्यु हुने अंकराको समर्थन प्राप्त सिरियाली विद्रोहीको सङ्ख्या ४० पुगेको पान अरब अल–मायादिन टेलिभिजनले जनाएको छ । घटनामा २० कम्तिमा जना विद्रोही घाइते भएका थिए ।

विष्फोट ‘फ्रि सिरियन आर्मी’ (एफएसए) को एक समूहलाई लक्षित गरी अताम्ब सीमा क्षेत्रमा गराइएको उक्त टेलिभिजनले बताएको छ । एफएसए टर्कीको सिमानामा सिरियाली भूमिमा पकड रहेको सिरियाली विद्रोही समूह हो ।

विष्फोटको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ । आइएस आबद्ध सिरियाली उक्त समूहले आफ्नो लडाकूले कारमा राखिएको शक्तिशाली विष्फोटक पदार्थलाई एफएसएको आधार क्षेत्र उत्तरी सिरियाको अताम्बमा विष्फोट गराएको दाबी बिहीबार नै गरेको छ । अताम्ब सिरियाको उत्तरी प्रान्त इदलिबमा अवस्थित टर्की र सिरियाको सीमा क्षेत्र हो ।

आइएस समूहले आफूहरूले एक्त विष्फोट सिमानामा अवस्थित शरणार्थी शिविरलाई लक्षित गरी गराइएको बताइएको छ । अताम्बमा यही वर्षको अगस्टमा उक्त समूहद्वारा गराइएको एक विष्फोटमा ३५ जनाको ज्यान गएको थियो ।

यसअघि विष्फोटमा २० जना टर्कीद्वारा संरक्षण प्राप्त सिरियाली विद्रोहीको मृत्यु भएको भनी बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले बताएको थियो । सिन्ह्वा

वि.सं.२०७३ असोज २१ शुक्रवार ०३:०५ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...