back
CTIZAN AD

हेड्स नेपालको अध्यक्षमा बानियाँ

वि.सं.२०७५ असोज १ सोमवार

732 

shares

शालिकराम आचार्य

‘दीलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मूल नाराका साथ हेड्स नेपाल  (HEADS-Nepal) को नवौँ महाधिवेशन तथा २५ औँ साधारण सभा काठमाण्डौँमा सम्पन्न भएको छ ।

अभाव, आकस्मिकता र आवश्यकतामा स्वास्थ्य शिक्षा, कृषि र सामाजिक विकास क्षेत्रमा मानवीय सहयोगको असल साथी बन्ने सँस्थाले घोषणा गरेको छ ।

महाधिवेशनले आगामी २ वर्षको लागि सँस्थाको अध्यक्षमा इश्वर चन्द्र बानियाँ र उपाध्यक्षमा राजकुमार श्रेष्ठलाई निर्वाचित गरेको छ ।
त्यस्तै उपाध्यक्षहरुमा पुष्पराज पौडेल, चन्द्रमान श्रेष्ठ, महेन्द्र बानियाँ, राम बहादुर श्रेष्ठ, दुर्गा मानन्धर र तिलक प्रसाद लुँइटेल छन् । रामकृष्ण धरेल महासचिवमा, कोषाध्यक्षमा कमला अंगाई, प्रथम सचिवमा करुणा श्रेष्ठ र द्धितीय सचिवमा गीता पनेरु र सहसचिवमा खगेश्वर अधिकारी निर्वाचित हुनुभएको जानकारी हेड्सका सँस्थापक सदस्य प्रतापराज वन्तले जानकारी दिए ।

यस अघि, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहराले दीप प्रज्ववल गरी कार्यक्रमको सुभारभ्भ गरेका थिए । कार्यक्रममा प्रा।डा। शास्त्रदत्त पन्तले विशेष सम्बोधन गर्दै भने, बैदेशिक सहयोगको पछि नलागी आफै उत्पादन गरी सँस्था सञ्चालनको उदारण हेड्सले दिएकोले यो एउटा नमूना सँस्था हो ।

कार्यक्रममा सँस्थालाई विभिन्न तरिकाले सहयोग गर्नुहुने महानुभावहरु तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो । नेपालका ६५ भन्दा अधिक जिल्लाहरु र अमेरिका, जापान तथा अष्टेलिया लगायतका देशहरुमा सँगठन निर्माण गरेको हेड्स नेपालले कृषि उत्पादनमा जोड दिँदै गोरखाको बगुवामा श्रोत केन्द्र स्थापना गरी विरुवा उत्पादन, फलफूल उत्पादन र मत्स्यपालन जस्ता गतिवधि सञ्चालन गरिआएको छ । रक्तदान शिविर आयोजना, स्वास्थ्य उपचार क्याम्प सेवा, शैक्षिक छात्रबृति यसका लोकप्रिय गतिविधिहरु रहीआएका छन् ।

वि.सं.२०७५ असोज १ सोमवार ०९:२० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...