back
CTIZAN AD

विमान दुर्घटनामा तीनको मृत्यु

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.1K 

shares

४ कात्तिक,अस्टिन (पेनसिल्भानिया) । मध्यउत्तरी अमेरिकी राज्य पेनसिल्भानियामा भएको एक सानो विमान दुर्घटनामा मारिएका तीन व्यक्तिको सनाखत भएको पेनसिल्भानिया राज्यका प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा मारिएका ती तीनै व्यक्ति क्यानाडाली नागरिक हुन् ।

पेनसिल्भानिया काउडरपोर्ट ब्यारेकका प्रहरी जवानहरूले जनाएअनुसार मृतकहरू २५ वर्षीय रिफाट टाविग, १८ वर्षीय कोरी माइज्याक र १९ वर्षीय बेन्जामिन जेफ्रिएस् रहेका छन् । यी तीनैजना युवक क्यानाडाको ओन्टारियो निवासी भएको पनि समाचारमा उल्लेख छ ।

अमेरिकी सङ्घीय हवाई प्रशासन (एफएए) का अनुसार पाइपर पीए–२८ मोडेलको एउटा सानो विमान भर्जिनिया राज्यको रिचमन्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडाको सेन्ट क्याथरिन्स÷निगारा डिस्ट्रिक्ट विमानस्थलतर्फ उडिरहेकोे थियो ।

सो विमान अचानक पेनसिल्भानिया राज्यको पोटर काउन्टीको दक्षिणी इलाकामा अवस्थित सानो नगर किटिङ टाउनसिपमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल पिट्सबर्ग महानगरबाट करीब १५० किलोमिटर उत्तरपूर्वमा पर्दछ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकाय (नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड) का विशेषज्ञहरूको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

पेनसिल्भानिया प्रहरीका अनुसार सो दुर्घटनास्थल भिरालो परेको, तीखा चट्टानयुक्त कठिन दुर्गमस्थल र जङ्गलको भित्र अवस्थित छ ।

दुर्घटनास्थल वरपर सयौँ गज (मिटर) सम्म दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू छरपष्ट भेटिएका छन् ।

एपी समाचार समितिले जनाएअनुसार उडान अवधिमा विमान एक्कासी कडा आँधीबेहरीमा पर्न लागेपछि नियमित आकाश मार्ग परिवर्तन गरेको केही बेरमै रेडियो सम्पर्कबिहीन भएको थियो ।

विमान दुर्घटनाको खास कारण हालसम्म खुलिसकेको छैन । एपी

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:४२ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...