back

विमान दुर्घटनामा तीनको मृत्यु

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

576 

shares
IME Limited
NTC AD

४ कात्तिक,अस्टिन (पेनसिल्भानिया) । मध्यउत्तरी अमेरिकी राज्य पेनसिल्भानियामा भएको एक सानो विमान दुर्घटनामा मारिएका तीन व्यक्तिको सनाखत भएको पेनसिल्भानिया राज्यका प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा मारिएका ती तीनै व्यक्ति क्यानाडाली नागरिक हुन् ।

पेनसिल्भानिया काउडरपोर्ट ब्यारेकका प्रहरी जवानहरूले जनाएअनुसार मृतकहरू २५ वर्षीय रिफाट टाविग, १८ वर्षीय कोरी माइज्याक र १९ वर्षीय बेन्जामिन जेफ्रिएस् रहेका छन् । यी तीनैजना युवक क्यानाडाको ओन्टारियो निवासी भएको पनि समाचारमा उल्लेख छ ।

अमेरिकी सङ्घीय हवाई प्रशासन (एफएए) का अनुसार पाइपर पीए–२८ मोडेलको एउटा सानो विमान भर्जिनिया राज्यको रिचमन्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडाको सेन्ट क्याथरिन्स÷निगारा डिस्ट्रिक्ट विमानस्थलतर्फ उडिरहेकोे थियो ।

सो विमान अचानक पेनसिल्भानिया राज्यको पोटर काउन्टीको दक्षिणी इलाकामा अवस्थित सानो नगर किटिङ टाउनसिपमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल पिट्सबर्ग महानगरबाट करीब १५० किलोमिटर उत्तरपूर्वमा पर्दछ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकाय (नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड) का विशेषज्ञहरूको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

पेनसिल्भानिया प्रहरीका अनुसार सो दुर्घटनास्थल भिरालो परेको, तीखा चट्टानयुक्त कठिन दुर्गमस्थल र जङ्गलको भित्र अवस्थित छ ।

दुर्घटनास्थल वरपर सयौँ गज (मिटर) सम्म दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू छरपष्ट भेटिएका छन् ।

एपी समाचार समितिले जनाएअनुसार उडान अवधिमा विमान एक्कासी कडा आँधीबेहरीमा पर्न लागेपछि नियमित आकाश मार्ग परिवर्तन गरेको केही बेरमै रेडियो सम्पर्कबिहीन भएको थियो ।

विमान दुर्घटनाको खास कारण हालसम्म खुलिसकेको छैन । एपी

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:४२ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...