Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

युक्रेन र सिरियाको समस्या विषयक वार्तामा पुटिनको कम अपेक्षा



४ कात्तिक,बर्लिन । जर्मनीको राजधानी बर्लिनमा भेला भएका जर्मनी, फ्रान्स युक्रेन र रुससमेत चार राष्ट्रप्रमुखहरूकाबीच भइरहेको वार्तामा युक्रेनको कूटनीतिक प्रगतिबारे राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेबमोजिम नभएको जनाइएको छ ।

यहाँ पनि रुसले सिरियामा ज्यादति गरेको र आन्तरिक द्वन्द्व बढाएको भनी अरू राष्ट्रप्रमुखहरूबाट रुसी राष्ट्रपति पुटिनले आलोचना र दबाब खेप्नु परेको छ ।

जर्मनीकी चान्सलर एन्जेलाले आतिथ्य गर्नुभएको सो वार्तालाइ “चारतिर फर्केका चार राष्ट्रको यस वर्षको शिखर सम्मेलन” को संज्ञा दिँदै युक्रेनमा शान्ति बहाली गर्नका लागि पहिला सहमत भएर पनि वर्तमानमा “उध्रिन तयार रहेको” मिन्स्क शान्ति सम्झौताको राम्ररी पालना गर्न रुस उदासीन भएको आरोपसमेत लगाइएको छ ।

बर्लिन वार्ताको अवधिभर रुसी राष्ट्रपति पुटिनलाई अरु राष्ट्रप्रमुखहरूले बारम्बार ब्यङ्ग्यात्मक शब्दहरू प्रयोग गरी रुसले युक्रेनमा अप्रत्यक्षरूपले र सिरियामा रणभूमिमै उत्रेर द्वन्द्व बढाउने र शान्ति बहालि हुन नदिने खेलमा लागेको आरोप लगाए ।

युक्रेन र सिरियामा अरू राष्ट्रहरूले सङ्कल्प प्रस्ताव पारित गरी स्थायी शान्ति ल्याउने प्रयास र अपेक्षा गर्ने तर क्रेमलिनले भने यसमा चिसो पानी खन्याई ठण्डा पारिदिने गरेको क्रियाकलाप आपत्तिजनक भएको समेत सो चार राष्ट्रप्रमुखको बैठकले समीक्षा गरेको छ ।
एएफपी


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब