back
CTIZAN AD

युक्रेन र सिरियाको समस्या विषयक वार्तामा पुटिनको कम अपेक्षा

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.3K 

shares

४ कात्तिक,बर्लिन । जर्मनीको राजधानी बर्लिनमा भेला भएका जर्मनी, फ्रान्स युक्रेन र रुससमेत चार राष्ट्रप्रमुखहरूकाबीच भइरहेको वार्तामा युक्रेनको कूटनीतिक प्रगतिबारे राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेबमोजिम नभएको जनाइएको छ ।

यहाँ पनि रुसले सिरियामा ज्यादति गरेको र आन्तरिक द्वन्द्व बढाएको भनी अरू राष्ट्रप्रमुखहरूबाट रुसी राष्ट्रपति पुटिनले आलोचना र दबाब खेप्नु परेको छ ।

जर्मनीकी चान्सलर एन्जेलाले आतिथ्य गर्नुभएको सो वार्तालाइ “चारतिर फर्केका चार राष्ट्रको यस वर्षको शिखर सम्मेलन” को संज्ञा दिँदै युक्रेनमा शान्ति बहाली गर्नका लागि पहिला सहमत भएर पनि वर्तमानमा “उध्रिन तयार रहेको” मिन्स्क शान्ति सम्झौताको राम्ररी पालना गर्न रुस उदासीन भएको आरोपसमेत लगाइएको छ ।

बर्लिन वार्ताको अवधिभर रुसी राष्ट्रपति पुटिनलाई अरु राष्ट्रप्रमुखहरूले बारम्बार ब्यङ्ग्यात्मक शब्दहरू प्रयोग गरी रुसले युक्रेनमा अप्रत्यक्षरूपले र सिरियामा रणभूमिमै उत्रेर द्वन्द्व बढाउने र शान्ति बहालि हुन नदिने खेलमा लागेको आरोप लगाए ।

युक्रेन र सिरियामा अरू राष्ट्रहरूले सङ्कल्प प्रस्ताव पारित गरी स्थायी शान्ति ल्याउने प्रयास र अपेक्षा गर्ने तर क्रेमलिनले भने यसमा चिसो पानी खन्याई ठण्डा पारिदिने गरेको क्रियाकलाप आपत्तिजनक भएको समेत सो चार राष्ट्रप्रमुखको बैठकले समीक्षा गरेको छ ।
एएफपी

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:४३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...