back
CTIZAN AD

देशका विरुद्ध गुप्तचरी गरेको आरोपमा जेल सजाय

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.2K 

shares

४ कात्तिक,तेहरान । गुप्तचरको आरोपमा इरानले आफ्नो देशका चार र इरानीमूलका विदेशी गरी छ जना नागरिकलाई दश वर्षको कैद सजाय सुनाएको समाचार छ ।

उनीहरूले अमेरिकासँग मिलेर आफ्नो देशका विरुद्धमा गुप्तचरी गरेको आरोपइरान सरकारले लगाएको बताइएको छ ।

इरानको प्रेस टिभीले दिएको जानकारी अनुसार यसरी कैद सजाय तोकिएकामाइरानी मूलका अमेरिकी नागरिक दुई जना रहेका छन् ।ती दुई जना इरानी मूलका अमेरिकी बाबु छोरा रहेका छन् । बाबुको उमेर८० वर्ष रहेको पनि बताइएको छ ।

यसरी जेल सजाय तोकिएको प्रति अमेरिकाले विरोध गरेको छ । उसले आफ्नादुई जना नागरिकलाई जेल सजाय सुनाएको प्रति आपत्ति जनाउँदै आफ्ना नगरिककोतुरुन्त रिहाईको माग गरेको छ । ती दुई अमेरिकी बाबु छोरालाई सन् २०१५ को अक्टोबर महिनामा पक्राउ गरिएको थियो । अरुलाई यसै वर्षको फेब्रुअरी महिनामा पक्राउ गरिएको थियो ।

उनीहरूमाथिको छानबिन र कारबाहीको प्रक्रिया जारी रहेको थियो । व्यापकसुनुवाईपछि बुधबार उनीहरूलाई अदालतबाटै जेल सजायको कारबाही गरिएको समाचारमा जनाइएको छ ।

इरानले यसअघि पनि आफ्नो देशको विरुद्धमा गुप्तचरी गरेको आरोपमा नागरिकलाई मृत्युदण्ड वा लामो समयसम्म काराबास सजाय तोक्ने गरेको थियो । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:४५ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...