Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

देशका विरुद्ध गुप्तचरी गरेको आरोपमा जेल सजाय



४ कात्तिक,तेहरान । गुप्तचरको आरोपमा इरानले आफ्नो देशका चार र इरानीमूलका विदेशी गरी छ जना नागरिकलाई दश वर्षको कैद सजाय सुनाएको समाचार छ ।

उनीहरूले अमेरिकासँग मिलेर आफ्नो देशका विरुद्धमा गुप्तचरी गरेको आरोपइरान सरकारले लगाएको बताइएको छ ।

इरानको प्रेस टिभीले दिएको जानकारी अनुसार यसरी कैद सजाय तोकिएकामाइरानी मूलका अमेरिकी नागरिक दुई जना रहेका छन् ।ती दुई जना इरानी मूलका अमेरिकी बाबु छोरा रहेका छन् । बाबुको उमेर८० वर्ष रहेको पनि बताइएको छ ।

यसरी जेल सजाय तोकिएको प्रति अमेरिकाले विरोध गरेको छ । उसले आफ्नादुई जना नागरिकलाई जेल सजाय सुनाएको प्रति आपत्ति जनाउँदै आफ्ना नगरिककोतुरुन्त रिहाईको माग गरेको छ । ती दुई अमेरिकी बाबु छोरालाई सन् २०१५ को अक्टोबर महिनामा पक्राउ गरिएको थियो । अरुलाई यसै वर्षको फेब्रुअरी महिनामा पक्राउ गरिएको थियो ।

उनीहरूमाथिको छानबिन र कारबाहीको प्रक्रिया जारी रहेको थियो । व्यापकसुनुवाईपछि बुधबार उनीहरूलाई अदालतबाटै जेल सजायको कारबाही गरिएको समाचारमा जनाइएको छ ।

इरानले यसअघि पनि आफ्नो देशको विरुद्धमा गुप्तचरी गरेको आरोपमा नागरिकलाई मृत्युदण्ड वा लामो समयसम्म काराबास सजाय तोक्ने गरेको थियो । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा