back
CTIZAN AD

सम्पर्क मै आएनन् नोबेल पुरस्कार विजेता

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

927 

shares

nobel-bijeta

४ कात्तिक, स्टकहोम (स्वीडेन)। यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् ।

नोबेल पुरस्कार समितिले यी अमेरिकी श्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ ।

स्वीडेनको नोबेल पुरस्कार प्रतिष्ठान (स्वीडिस एकेडेमी) का स्थायी सचिव सारा डेनियसले “अहिले त हामी केही पनि गर्न पाइरहेका छैनौँ । बबका निकटतम म्यानेजर, मित्र सहकर्मीहरूलाई धेरै पटक फोन सम्पर्क गरी इमेल पठाउँदा उहाँहरूले निकै आत्मीय जवाफ फर्काउनु भएको तर, बबसँग हालसम्म सम्पर्क नै कायम भएन” भनिन् ।

स्वीडिस एकेडेमीका प्रशासनिक निर्देशक अड् स्किड्रिचले पनि पुरस्कार विजेता बब डाइलानको अत्तोपत्तो नभएको र कुनै जवाफ पनि नदिएकाले उहाँसँग सम्पर्क गर्ने प्रयास हिजोदेखि त्यागेको सीएनएन टेलिभिजनलाई बताए ।

गत बिहीबार राति, साहित्य बिधाको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा भएको दिन बब डाइलान अमेरिकाको लस भेगासमा एक साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नमा ब्यस्त हुनुहुन्थ्यो ।
तर कार्यक्रमभर उहाँले पुरस्कार प्रदान गरिएकोबारे एक शब्द पनि उच्चारण गर्नु भएन । त्यस्तै भोलिपल्ट शुक्रबार उहाँले अमेरिकाकै कोआचेला नगरमा अर्को साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नुभयो ।

त्यहाँ पनि उहाँले पुरस्कार प्रदान गरिएकोबारे कुरै उठाउनु भएन । बरु, त्यही मञ्चमा अर्को ब्याण्डका मित्रहरूले उहाँलाई बधाई दिँदै उहाँको अतुलनीय उपलब्धिबारे निकैबेर चर्चा र प्रशंसा गरे, तर उहाँ भने निशब्द मौन बस्नुभयो ।

नोबेल पुरस्कारबारे डाइलानको मौनताले आगामी डिसेम्बरमा आयोजना गरिएको पुस्कार वितरण समारोहमा उहाँको उपस्थितिको सम्बन्धमा प्रश्न चिह्न खडा गरेको छ ।

“केही छैन, उहाँलाई आउन मन नलागे नआउनु भए पनि हुन्छ, तर हामी सदैव उहाँलाई सम्मान गर्न भने चुक्दैनौं” सचिव डेनियस भन्छिन् । सन् १९४१ मे २४ का दिन डुलुथ, माइनसोटामा जन्मिनु भएका हाल ७५ वर्षीय डाइलान एक उत्पादनशील सङ्गीतज्ञ हुनुहुन्छ ।

उहाँले सङ्गीत बिधामा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नु भएको छ । सन् २०१२ को मे २९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा ह्वाइट हाउसमा प्रदान गरिएको “प्रेसिडेन्सियल मेडल अफ फ्रिडम” तक्माबाट उहाँ विभूषितसमेत हुनुहुन्छ ।

अमेरिकी नागरिकलाई प्रदान गरिने उत्कृष्ट सम्मानमध्ये यस तक्माको नाम अग्रस्थानमा आउँछ । राष्ट्रपति ओबामा स्वयं आफू पनि डाइलानको एकजना फ्यान भन्न रुचाउनु हुने जनाइएको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:४७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...