back

चितवनका युवाको अष्ट्रेलियामा दुर्घटनामा परेर मृत्यु

वि.सं.२०७५ पुस २९ आइतवार

495 

shares
GLOBAL IME AD
NTC AD

अष्ट्रेलियामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको ओलंगनमा बस्दै आएका भरतपुर चितवनका ३८ वर्षीया सुजन दाहालको विहिबार २६ पुस (जनवरी १०) का दिन सडक दुर्घटनामा परेर मृत्यु भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
पाँचवर्षदेखि अष्ट्रेलियामा रहदै आएका दाहाल स्थानीय डोमिनोज पिज्जा सेन्टरमा चारवर्षदेखि कार्यरत रहेको बताइएको छ ।
छोरी र श्रीमती भेट्नका लागि डब्बोको टारीमा रहेको घर फर्किने क्रममा रोकिराखेको मालबाहक ट्रकमा उनको कार ठोक्किएको र घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
दाहालको सव अष्ट्रेलियामै अन्तेष्टि गरिने भएको छ । दाहालका पिता हरि शर्मा दाहाल, आमा तथा अन्य आफन्त पनि अष्ट्रेलियामै रहेकोले उनको अन्तिम दाहसंस्कार त्यहि गरिने सुझाव आएको बुबा हरि दाहालले बताएका छन् ।
यता दाहालका सासु र ससुरा पनि छोरी ज्वाइ भेट्न अष्ट्रेलिया जान लागेको बेला यस्तो अप्रिय घटना घटेको पारीवारीक श्रोतले जनाएको छ ।

वि.सं.२०७५ पुस २९ आइतवार १३:३७ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...