back
CTIZAN AD

चितवनका युवाको अष्ट्रेलियामा दुर्घटनामा परेर मृत्यु

वि.सं.२०७५ पुस २९ आइतवार

861 

shares

अष्ट्रेलियामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको ओलंगनमा बस्दै आएका भरतपुर चितवनका ३८ वर्षीया सुजन दाहालको विहिबार २६ पुस (जनवरी १०) का दिन सडक दुर्घटनामा परेर मृत्यु भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
पाँचवर्षदेखि अष्ट्रेलियामा रहदै आएका दाहाल स्थानीय डोमिनोज पिज्जा सेन्टरमा चारवर्षदेखि कार्यरत रहेको बताइएको छ ।
छोरी र श्रीमती भेट्नका लागि डब्बोको टारीमा रहेको घर फर्किने क्रममा रोकिराखेको मालबाहक ट्रकमा उनको कार ठोक्किएको र घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
दाहालको सव अष्ट्रेलियामै अन्तेष्टि गरिने भएको छ । दाहालका पिता हरि शर्मा दाहाल, आमा तथा अन्य आफन्त पनि अष्ट्रेलियामै रहेकोले उनको अन्तिम दाहसंस्कार त्यहि गरिने सुझाव आएको बुबा हरि दाहालले बताएका छन् ।
यता दाहालका सासु र ससुरा पनि छोरी ज्वाइ भेट्न अष्ट्रेलिया जान लागेको बेला यस्तो अप्रिय घटना घटेको पारीवारीक श्रोतले जनाएको छ ।

वि.सं.२०७५ पुस २९ आइतवार १३:३७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...