२२ माघ काठमाडौ । राजस्व अनुसन्धान विभागले हुन्ठी कारोबार आरोपमा ८ जनालाई मुद्धा दायर गरेको छ । विभागले ४ अर्ब १६ करोड ३३ लाख रुपैयाँ हुन्डी गरेको आरोपमा जिल्ला अदालत धनुषामा मुद्धा दायर गरेको हो । उनीहरुमाथि विदेशी विनिमय ऐनविपरीत काम गरेको आरोपमा तीन वर्षसम्म कैद रविगो रकम जरिवानाको मागदाबी छ ।
विभागले जनकपुरका रामेश्वर पूर्वे, उनकी श्रीमती मीनादेवी साह, विजय यादव र मोख्तार अहमद, भारतका सन्तोष महतो, नरेश महतो,सुरज ठाकुर तथा पप्पुकुमार दासविरुद्ध मुद्धा दायर भएको हो । विभागले उनीहरुसँग बरामद भएको ८३ लाख रुपैयाँ समेत जफत गर्न मागदाबि गरेको छ । आजको कान्तिपुर दैनिक समाचारबाट ।
वि.सं.२०७५ माघ २२ मंगलवार ०८:०९ मा प्रकाशित