
२२ माघ, काठमाडौ । भुकृटी मण्डपस्थित ८० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार भएको दावी गर्दै पूर्वमन्त्रीसहित १४ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मन्त्री बद्री प्रसाद न्यौपाने समाज कल्ययाण परिषद् पदाधिकारी र कर्मचारीलाई भ्रष्टाचारको आरोप लगाइएको छ । उनीहरुलाई जरिवाना र १० वर्ष सम्म जेल सजायको माग गरिएको छ । परिषद्को उक्त जग्गा सार्वजनिक खरिद ऐन र मापदण्ड विरुद्ध भाडा लगाएर आपसी मिलेमतोमा भ्रष्टाचार गरिएको अख्तियारको निष्कर्ष छ ।
परिषद्का अध्यक्ष न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी, सदस्यहरु रवीन्द्र कुमार यादव, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, कुमार यादव, फनपार्क सञ्चालक रवीन्द्र गुरुङ र भृकुटीमण्डप मेला सञ्चालक टेक बहादुर गुरुङलाई भ्रष्टाचार वापतको ३१ करोड ५२ लाख १७ हजार ६ सय रुपैयाँ बिगो दावी गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट
वि.सं.२०७५ माघ २२ मंगलवार ०८:१७ मा प्रकाशित