back
CTIZAN AD

हवाई यात्राको नक्कली टिकट पेश गर्ने कर्मचारी अख्तियारको फन्दामा

वि.सं.२०७५ माघ २२ मंगलवार

813 

shares

२२ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत कर्मचारीले हवाई यात्रा नै नगरी हवाई यात्रा गरेको भनी नक्कली टिकट बनाएर भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टेलिकमको सो कार्यालयमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह, सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य र तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठले हवाई यात्रा नै नगरी नक्कली टिकट बनाई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।

हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी नक्कली टिकट बनाएर कार्यालयमा पेश गरी रकम भुक्तानी लिई टेलिकमलाई नोक्सानी पु¥याएको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । उनीहरुलाई बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

वि.सं.२०७५ माघ २२ मंगलवार ०९:०० मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...