
२२ माघ काठमाडौ । आमाको नामबाट नागरिकता लिन सास्ती बेहोर्नुपर्ने अवस्था अझै हटेको छैन । आमाको नामबाट नागरिकता प्राप्तीका लागि सम्बन्धित कार्यालय जाँदा कर्मचारीले नमान्ने गरेको पाइएको छ ।
आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था विधेयकमा समेत छैन । आमाको नामबाट नागरिकता लिने भए बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसकी आमाले बाबुको पहिचानबारे स्वघोषण गर्नुपर्ने विषय विधेयकमा उल्लेख छ । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ २२ मंगलवार ०८:३९ मा प्रकाशित






























