Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

परिवार पाँचै जनाको खुट्टा हिउँले खाएपछि विचल्ली



२२ माघ, जाजरकोट । कमाई गर्न भारत गएका नलगाड १ चिउरी गाउँकै एकै परिवारका पाँच जनाले हिउँमा परी खुट्टा गुमाएका छन् ।

बिहान बेलुकाको छाक टार्न भारत पसेका परिवार सबैको खुट्टा हिउँले खाएपछि उनीहरु नेपालगन्जस्थित अस्पतालमा छट्पटाइरहेका छन् ।

आर्थिक अभावले हिउँले गुमोको खुट्टाको उपचार गर्न उनीहरुलाई समस्या परिरहेको छ । कमाइ गर्न भारतको कार्गिल पुगेका उनीहरु घर फर्कने क्रममा हिउँको बाटो हिड्दा खुट्टा गुमाएका हुन् । नलगाड नगरपालिका १ चिउरीका ५५ वर्षीया शसे कामी, उनका छोरा राजीव विक, र अविलाल विक, छोरी अमृता चनारा र ज्वाईँ यादवराज चनाराको हिउँले खाएर खुट्टा गुमेका छन् ।

हिउँमा परेर अन्तिम अवस्थामा पुगेका पाँचै जनालाई अन्य साथीले उद्धार गरि नेपाल पु¥याएको शसे कामीका अर्का छोरा नन्दराम विकले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा