back
CTIZAN AD

परिवार पाँचै जनाको खुट्टा हिउँले खाएपछि विचल्ली

वि.सं.२०७५ माघ २२ मंगलवार

579 

shares

२२ माघ, जाजरकोट । कमाई गर्न भारत गएका नलगाड १ चिउरी गाउँकै एकै परिवारका पाँच जनाले हिउँमा परी खुट्टा गुमाएका छन् ।

बिहान बेलुकाको छाक टार्न भारत पसेका परिवार सबैको खुट्टा हिउँले खाएपछि उनीहरु नेपालगन्जस्थित अस्पतालमा छट्पटाइरहेका छन् ।

आर्थिक अभावले हिउँले गुमोको खुट्टाको उपचार गर्न उनीहरुलाई समस्या परिरहेको छ । कमाइ गर्न भारतको कार्गिल पुगेका उनीहरु घर फर्कने क्रममा हिउँको बाटो हिड्दा खुट्टा गुमाएका हुन् । नलगाड नगरपालिका १ चिउरीका ५५ वर्षीया शसे कामी, उनका छोरा राजीव विक, र अविलाल विक, छोरी अमृता चनारा र ज्वाईँ यादवराज चनाराको हिउँले खाएर खुट्टा गुमेका छन् ।

हिउँमा परेर अन्तिम अवस्थामा पुगेका पाँचै जनालाई अन्य साथीले उद्धार गरि नेपाल पु¥याएको शसे कामीका अर्का छोरा नन्दराम विकले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७५ माघ २२ मंगलवार ०८:३६ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...