back

पाकिस्तानमा भीषण वर्षा ६ जनाको मृत्यु

वि.सं.२०७५ फागुन २० सोमवार

372 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, इश्लामावाद, पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा मुसलधारे वर्षा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएको आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।

बलुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्चपहाडी क्षेत्रमा हिमपातसमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्राप्त जानकारी अनुसार वर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण होचोस्थानमा रहेका वस्तीहरू डुबान भएको छ भने कतिपय घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ ।

बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुबानमा पर्दा यातायात सेवासमेत अवरूद्ध बनेका छन् ।

बस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका सयौँ जनता खुला आकाशमुनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो बस्तीमा थप बाढी तथा डुबान हुनसक्ने चेतावनी दिएपछि कैयौँ बस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा शनिबार व्यापक वर्षापछि आएको बाढीमा परी १२ जना अफगानी नागरिकको मृत्यु भएको र १८ जना घाइते भएको स्थानीय समाचार संस्था तोलो न्यूजले जनाएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार ०९:५८ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...