back
CTIZAN AD

पाकिस्तानमा भीषण वर्षा ६ जनाको मृत्यु

वि.सं.२०७५ फागुन २० सोमवार

729 

shares

२० फागुन, इश्लामावाद, पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा मुसलधारे वर्षा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएको आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।

बलुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्चपहाडी क्षेत्रमा हिमपातसमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्राप्त जानकारी अनुसार वर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण होचोस्थानमा रहेका वस्तीहरू डुबान भएको छ भने कतिपय घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ ।

बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुबानमा पर्दा यातायात सेवासमेत अवरूद्ध बनेका छन् ।

बस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका सयौँ जनता खुला आकाशमुनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो बस्तीमा थप बाढी तथा डुबान हुनसक्ने चेतावनी दिएपछि कैयौँ बस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा शनिबार व्यापक वर्षापछि आएको बाढीमा परी १२ जना अफगानी नागरिकको मृत्यु भएको र १८ जना घाइते भएको स्थानीय समाचार संस्था तोलो न्यूजले जनाएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार ०९:५८ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...