back
CTIZAN AD

‘टाकुराको पैयुँ’

वि.सं.२०७५ चैत १९ मंगलवार

1.8K 

shares

आमा
यसपाली पनि फूले हो टाकुराको पैयुँ
संझीन्छ की संझीन्न होला
टाकुराबाटै पैयुँले मलाई
तिमीले जस्तै गरी ।।

जीवनका १६औँ बसन्त
टाकुरामा विते
मलाई त्यो सौभाग्य मिल्ने पैयुँ
तिमीले झै पुरै जिन्दगी गाउँमै विताउन
यात्रा सहज होला भनेर
मान्छेले बाटाहरू बनाए
तर तिनै बाटाहरूले मलाई लेखेटीरहे दुर सम्म
खैर, यात्रा सहज भएन ।।

ए मेरो टाकुराको पैयुँ
समयले दुखहरू
साकुरा सँग साट्नु भनेको रहेछ
गण्डकीले तिर्खा
समुन्द्रमा पुगेर मेट्नु भनेको रहेछ
सगरमाथाले झझल्को आउँदा
फुजीसान तिर फर्कीनु भनेको रहेछ
त्यसै–त्यसै गरे
तर
सबै–सबै बिम्बहरू छोडेर पनि समयले
एउटै बिम्ब कतै छोड्न सकेनछ
मेरी आमाको जस्तै बिम्ब
जस्लाई हेरेर बाच्नु भनेर ।।

ए देश
खै के सन्देश पठाऊ
यी सेतै फुलेका साकुराहरू बाट
जहाँ सेतो लुगा लगाउने
आमा–दिदी–भाउजुहरूलाई
हेय भावले हेर्छ समाजले
मलाई खुब भन्न मन छ,
सेतो रङ्ग शालीन हुन्छ भनेर
सेतो फूल सुन्दर हुन्छ भनेर
सेतो पहिरन गर्ने मान्छेहरू
भगवान जस्तै लाग्छन् भनेर
र भन्न मन छ,
जीवनको अन्तिम रङ्ग पनि सेतै हो भनेर ।।

आमा
यो साल पनि
साकुराको देशबाट
सेतो रङ्ग संगै
सेतै सुगन्ध पठाएको छु
भनिदिनुहोला
सेतो रङ्ग लाउनेहरूलाई
सुन्दर मुटुले हेरिदिनु भनेर
जसरी मान्छेहरूले मेरो सेतो हिमाललाई
सुन्दर आँखाले हेर्छन् ।।

ए मेरो टकुराको पैयुँ
हावा,हुरी,हुण्डरी,
घाम,पानी,बर्षात
सबै–सबै सहेर
जसरी हाँसी रहेछौ, बाँचीरहेछौ
त्यसरी नै हाँस्न सिकाईदिनु
बाच्न सिकाईदिनु
मेरा भाउजु,दिदी, आमाहरूलाई ।।

दीप पाठक
२०१९-३-३०

शब्दार्थ : साकुरा–पैयूँ जस्तै फूल
फुजी सान–जापानको अग्लो पहाड र हिमाल

वि.सं.२०७५ चैत १९ मंगलवार १२:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...