back
CTIZAN AD

सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै

वि.सं.२०७५ चैत २८ बिहीवार

606 

shares
photo -Agency

२८ चैत, खार्तुम । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको छ । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका छन् ।

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो ।

खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनस्थार्पित गर्नुपर्ने आह्वान सहित प्रदर्शन सुरु भएको थियो ।

गत मङ्गलबार बिहान सबेरै सेनाको मुख्यालय सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेका थिए । बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन् । जारी यस आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका छन् ।

प्रदर्शनकारीले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् ।

यसैबीच सुडान सेनाले जारी हिंसात्मक प्रदर्शनको विषयलाई लिएर बिहीबार महत्वपूर्ण घोषणा गर्ने जनाएको छ । सरकारी टेलिभिजनको समाचारमा “सुडानी सेनाले चाँडै महत्वपूर्ण वक्तव्य दिँदैछ, प्रतिक्षा गर्नुहोला” भन्ने सन्देश प्रशारण गरिएको छ ।

खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसेका छन् । उनीहरुले सेनाले राष्ट्रपति बसिरलाई समर्थन गर्न छाडी प्रदर्शनकारीलाई सहयोग गर्न आग्रह गरिरहेका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार १५:०० मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...