back

सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै

वि.सं.२०७५ चैत २८ बिहीवार

51 

shares
photo -Agency

२८ चैत, खार्तुम । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको छ । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका छन् ।

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो ।

खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनस्थार्पित गर्नुपर्ने आह्वान सहित प्रदर्शन सुरु भएको थियो ।

गत मङ्गलबार बिहान सबेरै सेनाको मुख्यालय सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेका थिए । बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन् । जारी यस आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका छन् ।

प्रदर्शनकारीले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् ।

यसैबीच सुडान सेनाले जारी हिंसात्मक प्रदर्शनको विषयलाई लिएर बिहीबार महत्वपूर्ण घोषणा गर्ने जनाएको छ । सरकारी टेलिभिजनको समाचारमा “सुडानी सेनाले चाँडै महत्वपूर्ण वक्तव्य दिँदैछ, प्रतिक्षा गर्नुहोला” भन्ने सन्देश प्रशारण गरिएको छ ।

खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसेका छन् । उनीहरुले सेनाले राष्ट्रपति बसिरलाई समर्थन गर्न छाडी प्रदर्शनकारीलाई सहयोग गर्न आग्रह गरिरहेका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार १५:०० मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...