२९ चैत, काठमाडौ । महसुल निर्धारणका क्रममा नेपाल बिद्युत प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई अस्वाभाविक रुपमा महसुल छुट दिएको भेटिएको हो ।
छानबिन गरी झन्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ अर्ब २९ करोड ३८ लाख ६१ ह्जार ४ सय ८ रुपैयाँ हुने भनी उल्लेख छ प्राधिकरणका सन्चालक भक्तबहादुर पुनको संयोजत्वमा गठित समितिले आठ क्षेत्रीय कार्यालयमध्ये सबैबाट यसरी उठ्नुपर्ने रकम चुहावट भएको निष्कर्ष निकालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालय स्रोतले भन्यो, २०७५ चैत मसान्तसम्मकै हिसाब निकाल्दा अनियमितताको ग्राफ अझै बढ्छ । शुक्रबारको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:५३ मा प्रकाशित