back
CTIZAN AD

बेझाडका मिर्गौलापीडित कार्कीलाई प्रवासी नेपालीको सहयोग

वि.सं.२०७५ चैत २९ शुक्रवार

717 

shares

२९ चैत, बेझाड ।  दुवै मिर्गौलामा समस्या देखिएपछि पीडित बनेका पाल्पा, निस्दी गाउँपालिका-१ डमराका रामबहादुर कार्कीको उपचारमा सहयोग जुटेको छ ।

बाकामलाङ घर भई हाल संयुक्त अरब इमिरेट्स युएईमा कार्यरत नेपाली युवाहरुबाट कार्कीको उपचारमा सहयोग जुटेको हो । राजकुमार पौडेल र बालु श्रेष्ठको नेतृत्वमा सङ्कलित रु एक लाख ३० हजार ७६५ कार्कीको उपचारका निम्ति सहयोग प्राप्त भएको छ ।

दुवै मिर्गौलामा समस्या देखिएपछि ५२ वर्षीय कार्की चार महीनादेखि भरतपुर मेडिकल कलेज चितवनमा उपचाररत् हुनुुहुन्छ । कार्कीको अवस्थालाई मध्यनजर राख्दै वैदेशिक रोजगारमा कार्यरत नेपाली युवाले आर्थिक सहयोग सङ्कलन गरेर पठाएका हुन् ।

सो रकम निस्दी गाउँपालिका-१ का अध्यक्ष पूर्णबहादुर खाँण र बालु श्रेष्ठकी श्रीमती विष्णु श्रेष्ठले भरतपुर मेडिकल कलेजमै पुगेर कार्कीलाई हस्तान्तरण गरे । कार्कीको उपचारमा सहयोगस्वरुप बाकामलाङ भजन समूहको तर्फबाट भेषबहादुर अधिकारीले रु पाँच हजार प्रदान गरेका छन् ।

कार्की विसं २०५४ को स्थानीय निर्वाचनमा साविक बाकामलाङ ७ बाट वडाध्यक्षमा निर्वाचित भएका छन् । हाल उनीबुद्धि विकास प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षलगायत विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।

परिवारको प्रशस्त आयस्रोत नहुनु, उपचारमा लाखौँ रकम खर्च भइसक्दा पनि निको नहँुदा थप उपचारका लागि एक महीनाअघिदेखि कार्कीको उपचारमा समस्या परिरहेको छ ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १०:०१ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...