back
CTIZAN AD

गजल

वि.सं.२०७६ वैशाख १ आइतवार

1.2K 

shares

 

नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।।

समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्
पूरा होस् सबै काम, हतारहरुलाई शुभकामना ।।

सम्बृद्दीको शन्देश बोकेर, नयाँ विहान उदाओस्
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।।

मूल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्
दुःखी र गरिवका, बजारहरुलाई शुभकामना ।।

कसैले दुःख नपाओस्, आँधी–बाढी पैरो नजाओस्
नदी सागर नजिकका, किनारहरुलाई शुभकामना ।।

विगतजस्तो हुँदै नहोस्, अन्योल र निराकार
दुई तिहाईको, सर्कारहरुलाई शुभकामना ।।

न्याय नमरोस्, बलात्कार र भष्टाचार हटोस् नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना ।।

घोचपेच हैन प्रेमिल कुरा होस्, सोचेका सबै पूरा होस्
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।।

 

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:३० मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...