
नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।।
समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्
पूरा होस् सबै काम, हतारहरुलाई शुभकामना ।।
सम्बृद्दीको शन्देश बोकेर, नयाँ विहान उदाओस्
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।।
मूल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्
दुःखी र गरिवका, बजारहरुलाई शुभकामना ।।
कसैले दुःख नपाओस्, आँधी–बाढी पैरो नजाओस्
नदी सागर नजिकका, किनारहरुलाई शुभकामना ।।
विगतजस्तो हुँदै नहोस्, अन्योल र निराकार
दुई तिहाईको, सर्कारहरुलाई शुभकामना ।।
न्याय नमरोस्, बलात्कार र भष्टाचार हटोस् नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना ।।
घोचपेच हैन प्रेमिल कुरा होस्, सोचेका सबै पूरा होस्
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।।
वि.सं.२०७६ वैशाख १ आइतवार ०८:३० मा प्रकाशित