back
CTIZAN AD

आऊ एउटा गर्भ बोक

वि.सं.२०७६ वैशाख १ आइतवार

780 

shares

ए नायक !
प्रेम रिमाल, भरतपुर चितवन
तिम्रा पाइतालाका नक्शाहरू बोकेर
गोरेटाहरू लम्पसार टोलाइरहेका छन् पर
रगतका छिटाहरू जोगाएर ठिङ्ग उभिएको छ घोप्टे भीर
तिमी भने भद्दा गायकहरूको अलाप सुनेर किन मस्त हँ !
अरूण, तमोर र रोशी मात्र होइन
सुसाउँदै छ रे अघोरी गाड पनि ।

नायक आउन्या हुन अनि जगतेका बालाई भेट्न्या हुन भन्ने
न्यानो विश्वासलाई तुइनमा झुण्ड्याएर
अकबरे सार्कीकी सर्किनी बगिछन् ।
सुरक्षा पोष नपुगेर ओइलिँदै छन् रे
कोपिलाहरू निर्मलाका !
तिमीलाई थाहा छ वा छैन
कामरेड वैभवले नाम फेरेछन् ।
आजभोलि धन हुन रे कामरेड वैभव
लहै लहैमा लागेर पो हो कि जल कामरेड
अग्नि हो मेरो नाम भन्थे रे !

भन हामी के गरौं ?
आस्था, तारा र जुनेली
कम्पन, विगुल र योजनासँग जम्का भेट भयो साँझमा
कायर, हिँड अब
दह्रो हातले गुड गर्दै
हामी आगो खेल्न सक्नेहरू
धुवाँबाट खेदिँदै छौं ।
हिँड, अँगार सल्काउँदै राता फिलिङ्गा जन्माउन
अनि
सिताङ्ग खरानीलाई भुत्भुते बनाउने र
राइलो झाँक्रीले निर्दोष माइली बाहुनीलाई बोक्सी भन्दै
भडारे जिम्दारको पिढीँमा टाउकोबाट खन्याइदिए जसरी नै
राता फिलिङ्गा निभाउँदै हिँड्ने
उज्यालाका बैरीहरूको टाउकैमा खन्याउने ।
आऊ, एक हुनुको विकल्प छैन
समृद्ध नेपाल सुखी नेपाली भन्ने हो भने
घाम सुतिसक्यो
राता फिलिङ्गा जन्माउन
प्रिय नयाँ वर्ष
आऊ, एउटा गर्भ बोक !

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...