back
CTIZAN AD

ट्रम्पको विजयबाट रसियालाई ‘सुखानुभूति’ नभएको क्रेमलिनको दाबी

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

1.2K 

shares

२६ कात्तिक, मस्को (रसिया) । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयबाट रसियालार्य ‘सुखानुभूति’ भएको भन्ने समाचारको बिहीबार क्रेमलिन प्रशासनले खण्डन गरेको छ ।

रसियाली उपविदेशमन्त्री सर्जेइ ¥याकोवले ट्रम्पको भित्री वृत्तका सहकर्मीसँग अमेरिकी निर्वाचनका समयमा सामान्य सम्पर्क हुने गरेको कुरालाई स्वीकार गरे पनि मस्कोले ट्रम्पको पक्षमा कुनै सक्रिय सहयोग र समर्थन नजनाएको बताउनुभयो ।

निर्वाचनका समयमा बुधबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले रसियाको राष्ट्रपति भ्लादिभिर पुटिनको प्रशंसा गरेपछि ट्रम्पको पक्षमा रसियाले सहयोग गरेको भन्ने खबरलाई खण्डन गर्दै मस्कोले ट्रम्प आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूभन्दा मित्रवत रूपमा रसियासँग सम्बन्ध विस्तार गर्ने कुरामा याकोवले शङ्का व्यक्त गर्नुभयोे ।

ट्रम्पको विजय पश्चात अन्य विश्व नेताले जस्तै रसियाली राष्ट्रपति पुटिनले पनि डेमोक्रेटिक पार्टीका उम्मेदवारसँगको कडा प्रतिस्पर्धामा विजय हासिल गरेकोमा बधाई दिँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चाहेमा रसिया र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि काम गर्न तयार रहने बताउनुभएको थियो । एएफपी

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०३:३१ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...